स्वास्थ्य

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना, संक्रमितको संख्या १८८ पुग्यो

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस सं’क्रमण पुष्टि भएको छ पर्वतमा १३, स्याङ्जामा २२ र तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना सं-क्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सं-क्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् । यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ ।

स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा एक–एकजना र पर्वतकै अर्का एक जना संक्रमितको भने स्थानीय तह खुलेको छैन । त्यसैगरि तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एक–एक जना युवकमा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७