समाचार

निजी सवारीमा भोलिदेखि जोर विजोरः बाइकमा एक जना मात्र

निजी सवारीमा भोलिदेखि जोर विजोरः बाइकमा एक जना मात्र

२९ जेठ, सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरविजोर प्रणालीमा निजी सवारी साधान चलाउने पाइने भएको छ । जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ ।

४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । २ पाङ्गे सवारी साधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालक मात्र हुनु पर्नेछ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू वेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।सार्वजनिक यातायात अर्थात कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाइन्टमा खट्टिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७