मुख्य समाचार

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा

एसईईको नियमित परीक्षा नहुने, आन्तरिक मूल्याङकनबाटै परीक्षा

यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा

यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७