मनोरञ्जन

बलिउड निर्देशक करण जोहरः उनीबारे १० रोचक कुरा

बलिउड निर्देशक करण जोहरः उनीबारे १० रोचक कुरा

बलिउड फिल्मका अभिनेता एवं निर्देशक करण जोहरको चर्चा बलिउडका चर्चित स्टार जत्तिकै हुनेगर्छ । करणको जन्म सन् १९७२ मा मे २५ तारिखमा मुम्बई, महाराष्ट्रमा भएको थियो । जसअनुसार उनि ४८ बर्षका भए ।

उनकाे बारेमा धेरैलाइ थाहा नभएका १० तथ्य यस्ता छन् ।

-बलिउडमा करण जोहरले आफ्नो करियरको सुरुवात नायकको रुपमा गरे । उनले सन् १९८९ मा दुरदर्शन सिरियल ‘श्रीकान्त’ मा पहिलो पटक अभिनय गरेका थिए ।

-उनि सन् २००६ को सेप्टेम्बर ३० मा पोल्याण्डमा भएको ‘मिस वर्ल्ड प्रतियोगिता’ का ज्यूरी मेम्बर बने ।
-करण जोहर एक्ला व्यक्ति हुन् जसले सन् २००७ मा जेनेभास्थित वर्ल्ड इकोनोमिक फर्ममा वर्ल्ड बेस्ट ‘२५० ग्लोबल यंग लिडर्स’ छानिए ।

-करण जोहर आफ्ना लागि ‘क’ शब्दलाई लक्की मान्छन् । उनको धेरैजसो फिल्मको नाम ‘क’ बाट सुरु हुन्छ । तर ‘लगे रहो मुन्नाभाइ’ पछि उनले यसको प्रयोग गर्न बन्द गरे ।
-करण जोहरले ‘कुछ कुछ होता हे’ फिल्ममा पहिलो पटक त्रिकोणात्मक प्रेम–कथाको प्रयोग गरे ।

– कुर्बान फिल्मलाई सुरुमा करण जोहरले निर्देशन गर्ने तयारीमा थिए । तर ‘कभी खुसी कभी गम’ का कारण उनले यो प्रोजेक्टलाई बीचमा नै छोडिदिए ।

-करण जोहरको इच्छा ओस्करको रेड कार्पेटमा हिँड्ने र एकेडेमी अवार्ड जित्ने हो ।
-करण जोहरले फ्रेन्चमा मास्टर डिग्री गरेका छन् ।

– करणले ‘मोहब्बतें’ फिल्ममा अमिताभ बच्चन, ‘वीर–जारा’ र ‘दिल तो पागल हे’ मा शाहरुख खानका कस्ट्युम डिजाइन गरेका छन् ।
-सँगै काम गर्नका लागि शाहरुख खान करण जोहरका मनपर्ने नायक होइनन् । यो मामलामा उनी ऋतिक रोशनलाई मन पराउँछन् ।

उनले गत मे २५ मा जन्मदिन मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७