अन्तर्राष्ट्रिय

कोरोनाको खोप नबनेसम्म विद्यालय नखोल्ने फिलिपिन्स सरकारको निर्णय

कोरोनाको खोप नबनेसम्म विद्यालय नखोल्ने फिलिपिन्स सरकारको निर्णय

फिलिपिन्सले कोभिड-१९ विरुद्धको खोप नबनेसम्म विद्यालय नखोल्ने निर्णय गरेको छ । सोमबार फिलिपिन्सका शिक्षा सेक्रेटरी लियोनोर ब्रिओन्सले खोप नबनेसम्म विद्यालय नखुल्ने जानकारी दिएका हुन् ।

अहिले विश्वभरका वैज्ञानिकहरु कोरोना भाइ-रसको खोप निर्माणको दिशामा अघि बढिरहेको छन् । यद्यपि धेरै विशेषज्ञहरुले भने यो खोप बजारमा आउन अझै कम्तिमा एक वा दुई वर्ष लाग्न सक्ने बताएका छन् ।

ब्रिओन्सका अनुसार अगष्टको अन्तिमबाट विद्यार्थीहरुको लागि अनलाइन वा टेलिभिजन कक्षा भने अगष्टको अन्तिमबाट सुरु हुनेछ । यद्यपि गरीब वा ग्रामीण क्षेत्रका विद्यार्थीसँग इन्टरनेटको पहुँच नभएकाले उनीहरुले यो कक्षा कसरी लिन सक्छन् भन्ने चिन्ता पनि सुरु भएको छ ।

द गार्जियनका अनुसार हालै मात्र फिलिपिन्सले मुलुकमा दुई महिनाभन्दा लामो समयपछि लकडाउन खुकुलो बनाएको छ । यद्यपि अहिले पनि दिनहुँ एक सयभन्दा धेरै नयाँ सं-क्रमित भेटिइ नै रहेका छन् ।

लकडाउनले फिलिपिन्समा कोरोना भाइरसको संक्रमण केही सुस्त बने पनि यसले अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै लकडाउन खुकुलो बनाइएको हो । यद्यपि अझै पनि मानिसहरुको विभिन्न गतिविधिमाथिको रोक भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७