मुख्य समाचार

१० अर्बको हिसाब चाहिन्छ, क्वारेन्टिन हो कि मान्छे मार्ने क्याम्प ? : गगन थापा

१० अर्बको हिसाब चाहिन्छ, क्वारेन्टिन हो कि मान्छे मार्ने क्याम्प ? : गगन थापा

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइ-रस नियन्त्रण र रोकथामका लागि सरकारले गरेको खर्चको हिसाब मागेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले सरकार कोरोना रोकथाममा असफल भइसकेको र भ्रष्टा-चारमा लिप्त भएको बताए ।

संसदमा थापाले भने, ‘१० अर्ब खर्चको हिसाब चाहिन्छ । ५ पीसीआर मेसिन र २५ हजार पीसीआर किट किनेर १० अर्बको हिसाबकिताब देखाउनुपर्दैन ? यस्तो राष्ट्रिय विप-त्तिको बेलामा भ्रष्टा-चारमा लिप्त हुने ? यो निर्लज्ताको पराकाष्टा हो ।’

सांसद थापाले प्रधानमन्त्रीको अ-हंकारले कोरोना भाइ-रस सं-क्रमणको महामारी रोक्न सम-स्या भएको बताएको समेत आ-राेप लगाए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले भने, ‘सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अ-हंकार, सरकारको अकर्मण्ड्यता र असक्षमताको कारणले आज हामीले यो अवस्था बेहोर्नुपरेको छ ।’

नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृ-त्यु भइसक्दा पनि सरकार ग-म्भीर नभएको बताउनुभयाे । सांसद थापाले सुत्केरीले अस्पताल जान नपाएर मृ-त्यु भएको, क्वारेन्टाइनमा म-रेकाको, भोकले मृ-त्यु भएकाको र भोकले आ-त्मह-त्या गरेकाको जिम्मा कसले लिने भनेर कांग्रेसले जवाफ मागेको पनि बताउनुभयाे ।

पीसीआर टेस्टको दायरा बढाउ भनेर सबैले बुझाव दिएको बेला सरकारले साँघुरो दायरा बनाएकेा भन्दै उनले भने- ‘यो क्वारेन्टिन हो कि मान्छे मा-र्ने कर्न्सनट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ, बरू टेस्ट गर्न नै बन्द गर्ने र को-रोनामुक्त भनिदिए हुन्छ किनकि टेस्ट नगरेपछि संक्र-मण देखिँदैन ।’

आरडीटी परीक्षण विश्वससनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि सरकारले ज-बर्जस्ती आरडीटी परीक्षण गरिरहेकाे बताउदै उनले भने- ‘आरडीटी परीक्षण विश्वससनीय छैन भनेर विज्ञ र मन्त्रालयका अधिकारीले भन्दा पनि र नेपालको सं-क्रमणको अवस्थालाई थेग्दैन भन्दा पनि जब-र्जस्ती आरडीटी परीक्षण गर्ने अप-राधको जिम्मा कसले लिने ?,’

उहाँले आफूहरूले सरकारलाई सहयाेग गर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अब हामी सहयोग गर्छौं, सहयोग गर्छाै भनेर मात्र बस्दैनौं, अब हामी प्रश्न गर्छाैं- उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७