विशेष सामाग्री

लकडाउनमा भेटिएको पाहुना भँगेरा: जसले यो परिवारलाई खुसी नै खुसी दियो

लकडाउनमा भेटिएको पाहुना भँगेरा: जसले यो परिवारलाई खुसी नै खुसी दियो

‘ओहो यो मुसाको छाउरो कताबाट खस्यो,’ घरबाट बाहिर निस्कदैं अस्मिता पुरी छाउरो नजिक पुगिन्। त्यो सानो जीव रातो मासुको डल्लो जस्तो थियो।

मुसा नभएर भँगेराको भर्खरको बच्चा रहेछ। ‘कहाँबाट आइ पुग्यो,’ फेरि बोलिन् उनी। वरिपरि कतै गुडँ थिएन। सानो चुच्चोसहितको मासुको त्यो डल्लोलाई उठाइन्। सास फेरी रहेको थियो। के सोचिन कुन्नि फेरि भुइँमा राखिन्।

‘आमा कति चिन्तित होली,’ एक्लै बोलिन् अस्मिता।

त्यसलाई उठाइन् र घरभित्र पसिन्। सबैलाई माया गर्नुपर्छ भन्ने उनले आफ्ना स्वर्गीय श्रीमान् पूर्ण पुरीबाट सिकेकी थिइन्। समाजशास्त्री श्रीमानलाई सम्झिन् अस्मिताले।

‘बिहान बाहिर निस्केकी छोरी पुर्णिमा अहिलेसम्म घर नआउंदा मलाई जस्तो पिर परेको छ, त्यस्तै त होला नि’ उनी झन् चिन्तित बनिन् ।

करिब १ घण्टासम्म पर बसेर हेरिन्। भंगेराहरु पर-पर उडीरहेका थिए तर नजिक कोही आएनन्। २-४ वटा कीराहरु घुमिरहेका थिए। नजिकै प्रहरीले सिट्ठी फुक्यो ‘भित्र बस्नुस है’। लकडाउनको बेला प्रहरीले भनेपछि मान्नै पर्‍यो। त्यो भंगेराले अझै सास फेरी रहेको थियो। उनलाई त्यसै छोड्न मन लागेन। त्यसै छोडे म-र्छ वा मारि-न्छ भन्ने कुरामा विस्वस्थ भइन्। त्यसलाई उठाइन् र घरभित्र पसिन्। सबैलाई माया गर्नुपर्छ भन्ने उनले आफ्ना स्वर्गीय श्रीमान् पूर्ण पुरीबाट सिकेकी थिइन्। समाजशास्त्री श्रीमानलाई सम्झिन् अस्मिताले।

त्यो सानो जीवलाई के गर्ने होला? उनलाई चि-न्ता लाग्यो। सानो कागतको कार्टुनमा राखिन्। प्रकृतिमा रुचि भएकी छोरी पूर्णिमालाई फोन गरिन्। उनी पनि छिट्टै आइपुगिन्।

घर पुग्ने बित्तिकै उनको मुखबाट निस्कियो ‘कति सानो, आँखा पनि छैन, बाँच्छ र मामु’। पूर्णिमाले भँगेराको बच्चालाई हातमा राखिन्। उनलाई महसुस भयो कसैले जीवन रक्षाको लागि अनुरोध गरिरहेको छ।

‘भोक लाग्यो होला, मेरो नीति’। अनायासै यो नाम निस्क्यो। त्यसको नाम नै रह्यो ‘नीति’।

घरमा के गर्ने र कसो गर्ने भयो। घरका चारै जना चिन्तित बने। सामाजिक सञ्जालमा यसलाई बचाउने उपाय खोज्न थालियो। पूर्णिमाले युट्युबमा भिडिओहरू हेरिन्। उनले यही बेला थाहा पाइन् नेपालमा त यस्ता घा-इते र बाटो बिराएका चराहरूको लागि त कुनै पनि पुनर्स्थापना केन्द्र रहेनछ।

सातुलाई मनतातो पानीमा मिलाइन्। फ्रुटी पिउने सिन्काले बिस्तारै ख्वाउन थालिन्। भोकले होला मुख खोल्यो। घाँटीमा हलचल भयो। खायोl उनी खुसी भइन्। सुरुका दिनमा करिब आधीआधी घण्टाको अन्तरमा थोर-थोरै खुवाउन थालिन्। दूध र भात पनि दिउँकी जस्तो भयो। फेरी गुगल गरिन, दूध दिन नहुने भनेर उल्लेख रहेछ। भातमात्रै पनि दिन थालिन्।

अस्मिताले पहिलो दिनको त्यो घट्ना सम्झिन्। पहिलो पटक हेर्दा उनलाई चरा यो अवस्थामा पुग्ला भने कल्पना पनि गरेकी थिइनन्।

तरकारी केलाउँदा भेटिएका किरा ख्वाइन्। ख्वाउने दर दुई दुई घण्टाको अन्तरमा बढ्न थाल्यो। सुरुका केही दिन कीराले टो-क्ला वा राती मुसाले नोक्सान पुर्याउला भनेर आफूसँग सुताइन्। अहिले भने कागतको कार्टुनमा न्यापकिन पेपर राखेर त्यही बस्ने र सुत्ने गरेको छl बेला बेलामा उनीहरू हेरी रहन्छन्।

जेठको ४ गते भेटेको त्यो चराले ६ गते आँखा खोल्योl सा-साना आँखामा त्यो परिवारले माया मात्रै भेट्यो। आँखा खोलेको दिन पूर्णिकाले घर भरीकालाई समाचार सुनाइन्।

सबैभन्दा पहिला आमालाई भनिन ‘मामु नीतिले त आँखा खोल्यो त, हेर्नुस् कस्तो राम्रो देखिएको छ’। अस्मिताले पहिलो दिनको त्यो घट्ना सम्झिन्। पहिलो पटक हेर्दा उनलाई चरा यो अवस्थामा पुग्ला भने कल्पना पनि गरेकी थिइनन्। उनले छोरीलाई धन्यवाद दिइन्।

अहिले भने त्यो चराले आफै खान थालेको छ, शरीरमा प्वाँखहरू पनि पलाएको छ। खानेकुरा दिन खोज्दा मुख पनि खोल्छ। शरीरमा प्वाँखहरू पलाउन थालेपछि भने उनी ढुक्क भएकी थिइन अब बाँच्यो भनेर।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक ‘प्राकृतिक श्रोत व्यवस्थापन कलेज’ पोखरामा कृषिमा स्नातक तहमा अध्ययनरत पूर्णिमालाई सोधे ‘अब के गर्नु हुन्छ? यसलाई आफैसँग राख्नुहुन्छ? अब त तपाइलाई के ख्वाउने कसरी ख्वाउने पनि थाहा भयो’। उनको सटिक जवाफ थियो ‘यो चरासँग हाम्रो भावनात्मक सम्बन्ध त गाँसिएको छ तर यसलाई घरमा सधैँ राख्न सक्दैनौँ र मिल्दैन पनि। यो सहज रूपमा प्राकृतिक वासस्थानमा फर्केको दिन हाम्रो लागि ठुलो र सफल दिन हुनेछ।’

सायद मेरो हेरबिचार मा कमी भो की जस्तो लाग्यो कता कता पुण्य को नाम मा पा-प गरियो जस्तो पनि लाग्यो

उनले सोहीअनुरूप स्वअध्ययन पनि थालेकी छिन्। आजभोलि भँगेरालाई रिवाइल्ड (पुन वासस्थानमा फर्काउने) कसरी गराउने भनेर खोज्दै दिन बितिरहेको छ। लकडाउनको बेला समय सहजरुपमा बितीरहेको छ। यही सहजतामा लगभग म-रिसकेको एउटा भँगेराले जीवनदान पनि पायो। यो जीवनको लागि गौरीगन्ज, भरतपुर निवासी पुरी परिवार धन्यवादका पात्रहरू हुन्। जीवन पाएको त्यो भँगेरा प्राकृतिक वासस्थानमा छिट्टै फर्कियोस्, हाम्रो पनि लकडाउनको समयमा शुभकामना।

मैले पनि १ हप्ता अगाडी त्यस्तै बिरालो को बच्चा भेटे एकदमै सानो उसको आमा लाई सायद कसैले मा-रिदिएछ २ वटा बच्चा त मरि-सकेका थिए तेसलाई घर मा ल्याए र जिवन दिने कोसिस सुरु भो मेरी अढाई बर्शे छोरी पनि खूब खुशी थिइन छोरी आफ्नो खाना र पाड़ी बुबु उसलाई नदिई नखाने सुरु का दुई दिन त अल्ली तंग्रीए जस्तो भो अनि बिस्तारै बिस्तारै सि-थिल हुदै आज बिहान आँखा अगाडी म-र्यो 1

सारै नरमाइलो लाग्यो दिनभर छोरी ले म्याऊँ खोई भन्दै खोजिरहि आज एतिबेला सम्म यही कारण निन्द्रा लागेको छैन संयोग ले यो पोस्ट पढ़ने अवसर नी मिल्यो । सायद मेरो हेरबिचार मा कमी भो की जस्तो लाग्यो कता कता पुण्य को नाम मा पा-प गरियो जस्तो पनि लाग्यो
जे होस उसको आत्मा लाई शान्ति मिलोस ।
राजु आचार्य /पहिलो पोष्ट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७