प्रदेश

पोखरामा मुआथाई कास्कीको आयोजनामा ४३ जनाले गरे रक्तदान !

पोखरामा मुआथाई कास्कीको आयोजनामा ४३ जनाले गरे रक्तदान !

पोखरा – कोभिड १९ को संक्रमणका कारण लकडाउन भइरहेकै बेला नेपाल मुआथाई संघ कास्कीले मंगलबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् ।

मुख्य प्रशिक्षक दिपक गोदारका अनुसार खेलाडी र खेलप्रेमीहरुले रक्तदान गरेको हुन्। लकडाउनका कारण पोखरा स्थित रक्त संचार केन्द्रमा रगतको अभाव भएको जानकारीसँगै यो कार्य गरेको गोदारले बताए ।

उक्त रक्तदान कार्यक्रमको शुभारम्भ पोखरा महानगरका प्रमुख मान बहादुर जिशीले गरेका हुन् । उनले लकडाउनमा समेत एउटा खेल संघले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । उनले भने– ‘रगत अभाव भएका कारण दैनिक जसो धेरै विरामीहरुले अस्पतालमा समस्या पाइरहेका छन, यस्तो अवस्थामा मुआथाई संघले गरेको कार्य अत्यन्त सर्हानिय छ ।’

उक्त कार्यक्रमकमा पोखरा महानगरपालिका वाड नं २४ का अध्यक्ष ओम प्रसाद सुबेदीले पहिलो रक्तदाताका रुपमा रक्तदान गरेेेेका थिए भने सो कार्यक्रममा मेयर मान बहादुर जि.सीले ‘ब्लड ब्याग’ समेत हस्तान्तरण गरेेेेका थिए ।

मुआथाई कास्कीका अध्यक्ष अव्राहम खानको अध्यक्षता तथा देवेन्द्र राज सुवेदीको कार्यक्रम संयोजनमा सम्पन्न कार्यक्रमको संचालन सुवाष खडकाले गरेका थिए भने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७