मुख्य समाचार

गण्डकी प्रदेशमा थप २४ जनामा ‘कोरोना संक्रमण’

गण्डकी प्रदेशमा थप २४ जनामा ‘कोरोना संक्रमण’

पोखरा — गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सं-क्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्तिमार्फत थप २४ जनामा सं-क्रमण देखिएको जानकारी दिएको हो ।

नवलपरासी पूर्वमा १२, बागलुङमा ११ र म्याग्दीमा १ जनामा कोरोना सं’क्रमण देखिएको । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षणमा थप सं’क्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष र १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सं’क्रमितको संख्या १४४ पुगेको छ । यसमध्ये ४ जना निको र एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७