मनोरञ्जन

विवाहको दुई बर्षमै बिधवा बनिन् ग’र्भवती मेघना [८ तस्बिर]

विवाहको दुई बर्षमै बिधवा बनिन् ग’र्भवती मेघना [८ तस्बिर]

कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको आइतबार हृदयघा’तका कारण निधन भयो । उनी ३९ वर्षका थिए । निधनपछि उनको पार्थिक शरीरलाई अन्तिम श्र’द्धाञ्जलीका लागि घर पुर्याइको छ ।

चिरञ्जिवीको निधनपछि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्रद्धा’ञ्जली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर धेरैले शेयर गरिरहेका छन् ।

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज ग-र्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघनाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो ।

यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डे-ट गरेपछि विवाह गरेका थिए ।

चिरञ्जिविले फिल्मी करियरको सुरुवात वायुपुत्रमार्फत् गरेका थिए । उनको अन्तिम फिल्म शिवार्जुन थियो जसमा उनले अमृता अयंगर र अक्षता श्रीनिवाससँग मुख्य भूमिका निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७