स्वास्थ्य

‘आमाको दूधबाट कोरोना सर्दैन’

‘आमाको दूधबाट कोरोना सर्दैन’

पछिल्लो समय को’रोना भा-इरस दुई महिनाको शिशुमा पनि देखिएको छ । तर कोरोना स-ङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने देखिएको छैन ।

धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि को’रोना सङ्क्र-मण देखिएपछि महिलाको मृ’त्यु भयो तर शिशुमा को’रोना देखिएन । के शिशुलाई को’रोना सर्दैन ? शिशुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ ? यिनै विषयमा परोपकार, प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीसँग कुरा गरिएको छ । उनका भनाइ यस प्रकार छन् :

बाहिरतिर सिरिएस केस ६० वर्षभन्दा माथिका र अरू दीर्घरोग भएकालाई को’रोना भा’इरस बढी

कोरोना भाइरस शिशुलाई नलाग्ने भन्ने हुँदैन । कोभिड–१९ रोग नयाँ भएकाले यसको अनुसन्धान कम भएको छ । अहिले जे देखिइरहेको छ त्यसैका आधारमा मानिसले आकलन गरेका छन् । जति पनि बाहिरतिर सिरिएस केस ६० वर्षभन्दा माथिका र अरू दीर्घरोग भएकालाई को’रोना भा’इरस बढी देखिएको छ ।

बालबालिकामा त्यति जटिल अवस्था देखिएको थिएन । शिशुमा कोभिड हुँदै नभएको भने होइन । हामीकहाँ अहिलेसम्म देखिएकोमा आमासँग बसिरहेका बालबालिकामा कोरो’ना देखिएको छ । दुई महिनाको शिशुमा पनि को’रोना देखिएको छ तर कसैमा पनि जटिल भएको भन्ने छैन । भएकोमा पनि अरू केही न केही रो’ग छ भने मात्र जटिल भएको छ ।

दूधबाट सर्ने होइन । मुख्य सर्ने भनेको श्वासप्रश्वासबाटै हो । आमाले हात राम्रोसँग धुने, मास्क लगाएर दूध खुवाउने हो भने शिशुमा सर्न सक्दैन

भर्खर जन्मेको शिशुमा को’रोना देखिएको छैन । चीनमा जम्मा तीन शिशुमा देखिएको थियो । त्यसमा पनि पीसीआर गर्दा नेगेटिभ आएको थियो । बालबालिकाको कुरा गर्दा आमाको पेटबाटै शिशुमा सरेको छैन । पछि आमाको श्वा’सप्रश्वास, थु’कबाट भने सर्न सक्छ ।

भर्खर जन्मेकामा भने आमालाई छ भने पनि शिशुलाई देखिएको छैन । पेटभित्र सर्न सक्दैन । आमाको दूध खुवाउँदा, आमाको दूधमा पनि परीक्षण गरियो । त्यसमा पनि देखिएको छैन । दूधबाट सर्ने होइन । मुख्य सर्ने भनेको श्वासप्रश्वासबाटै हो । आमाले हात राम्रोसँग धुने, मास्क लगाएर दूध खुवाउने हो भने शिशुमा सर्न सक्दैन ।

बालबालिकामा रोगसँग ल’ड्ने क्षमता पनि धेरै हुन्छ । धुलिखेलमा आमाको को’रोनाका कारण मृ’त्यु भयो । त्यस्तै उहाँको शिशुमा कोरो’ना भाइ’रस थिएन । त्यसैले पेट भित्रको शिशुलाई कोरो’ना सर्न सक्दैन । आमा सङ्क्र’मित हुनुहुन्छ र उहाँको थु’क, श्वासप्रश्वास प्रत्यक्ष शिशुमा गयो भने मात्र सर्न सक्दछ । शिशुमा सर्न सक्ने सम्भावना कम भए पनि हामीले सावधानी भने अपनाउनै पर्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७