मनोरञ्जन

सलमानको ‘सर्टलेस अवतार’ !

सलमानको ‘सर्टलेस अवतार’ !

एजेन्सी । बलिउड अभिनेता सलमान खान चलचित्रका अलावा सामाजिक संजालमा पनि सक्रिय छन । सलमान आफ्ना फ्यानहरुका साथमा सामाजिक संजालमा चलचित्र र फिटनेससंग जोडिएको कुराहरु शेयर गरिरहेका हुन्छन ।

केहि पहिला सलमानले इंस्टाग्राममा शेयर गरेको तस्बिरमा उनलाई स-र्टलेस अवतारमा केहि सोचेको जस्तो अनि नमस्कार गरेको जस्तो देखियो । तस्बिरका साथमा सलमानले क्याप्सन लेखेका छन ‘नमस्कार, नमस्कार र सलाम हाम्रो सभ्यता हो । जब कोरो-ना भा-इरसको अन्त्य हुन्छ अनि मात्र हात मिलाउ, अं कमाल गर। सलमानको यो पोस्टले सामाजिक संजालमा निकै चर्चा पायो।

दबंग ३ सलमान द्वारा अभिनित पछिल्लो चलचित्र हो। जुन चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न समेत सफल भयो । सलमानले यसै चलचित्र मार्फत महेश मांजरेकरकी छोरी सई मांजरेकरलाई बलिउडमा डेब्यु गराएका थिए।

यसका अलवा सलमान छिटै नै चलचित्र राधेमा देखिंदै छन। जुन चलचित्रमा रणदीप हुड्डा, दिशा पाटनी र जैकी श्राफ जस्ता कलाकारहरुको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७