समाचार

डिभीको नतिजा सार्वजनिक: यसरी चेक गर्नुहोस् !

डिभीको नतिजा सार्वजनिक: यसरी चेक गर्नुहोस् !

२०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समय अनुसार आज दिउसो १२ बजेदेखि डिभी लोटरीको नतिजा चेक गर्न सकिनेछ ।गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।

अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो ।

डिभी लोटरी परे-नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७