मुख्य समाचार

विदेशबाट फर्किएका नेपालीले आफ्नै खर्चमा क्वारेन्टाइन बस्ने होटल (सूचिसहित)

विदेशबाट फर्किएका नेपालीले आफ्नै खर्चमा क्वारेन्टाइन बस्ने होटल (सूचिसहित)

विदेशबाट फर्किने नेपालीहरूलाई राख्न सरकारले होटललाई नै क्वारेन्टाइन बनाएको छ । विभिन्न ४७ वटा होटेलहरुलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने गरि तयारी गरिएको हो ।

उक्त होटलहरूको सूची सरकारले सार्वजनिक गरेको छ । उक्त होटलमा क्वारेन्टाइन बस्न चाहनेको खर्च भने सरकारले ब्यहोर्ने छैन । व्यक्ति स्वयमले होटलमा क्वारेन्टाइन अवधि पूरा गर्न चाहेमा सरकारले त्यसको प्रबन्ध गर्नेछ र त्यसको खर्च होटलमा बस्ने स्वयमले बेहोर्नुपर्नेछ ।

सरकारले सार्वजनिक गरेका ४७ वटा होटलको सूचीमा ३ वटा चार तारे होटल, ९ वटा तीनतारे होटल, दुई तारे होटल २, एकतारे होटल ५ र पर्यटक स्तरका तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् ।ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

सार्बजनिक गरिएका होटलहरू

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७