मुख्य समाचार

अत्येष्टिपछि कोरोना पुष्टिः मलामी खोज्दै सरकार

अत्येष्टिपछि कोरोना पुष्टिः मलामी खोज्दै सरकार

सांकेतिक तस्बिर
धनगढी — सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृ’त्यु भएकी एक महिलामा को’रोना सं’क्रमण पुष्टि भएपछि मलामी जानेको खोजी सुरु गरिएको छ । शनिबार ती महिलामा को’रोना पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृ’त्यु भएको थियो । सं’क्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो ।

उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलेको छ ।

मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको हो । ती महिलामा सं’क्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलामी गएकाहरुको खोजी भइरहेको बताए । उनले भने ‘दाहसंस्कारपछि को-रोना सं-क्रमणको रिपोर्ट आयो,’, ‘त्यति बेलासम्म दा-हसंस्कार गरिसकेको रहेछ ।’

उनले मलामी गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७