समाचार

डीभीको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने जान्नुहोस्

डीभीको नतिजा आज सार्वजनिक हुँदै, कसरी हेर्ने जान्नुहोस्

ईडीभीको नतिजा आज राति ९ बजेर ४५ मिनेट जाँदा सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यस्तो जानकारी सार्वजनिक गरेको हो ।

हरेक वर्ष न्युन आय भएका देशबाट झन्डै ५० हजार जनतालाई अमेरिकाले इडिभी कार्यक्रमअन्तर्गत आफ्नो देशमा वैध प्रवेश तथा बसोबासको अनुमति दिन्छ ।

यसअघि विगत वर्षहरुमा अक्टुबर २ देखि नोभेम्बर ५ सम्म भरिने डिभी चिट्ठाको नतिजा मेइ ५ मा सार्वजनिक हुने गरेको थियो । यसपटक पनि अक्टुबर २ देखि नोभेम्बर ५ कै अवधिमा मानिसहरुले डिभी भरेका थिए । तर कोभिड–१९ का कारण नतिजा सार्वजनिक गर्न भने ढिलाई भयो । ।

छनोटमा परेका व्यक्तिहरुको अन्तवार्ता आगामी अक्टुबर १ देखि सुरु हुनेछ । डिभी परेका व्यक्तीहरु २०२१ को सेप्टेम्बरसम्म सम्पूर्ण प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्छ ।

यहाँ क्लिक गरेर ईडीभीको नतिजा हेर्न सकिन्छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७