मुख्य समाचार

पोखरामा भेटिएको वेवारिसे लाशको पहिचान खुलेन, सहयोगको अपिल

पोखरामा भेटिएको वेवारिसे लाशको पहिचान खुलेन, सहयोगको अपिल

पोखरा । पोखराको फेवातालमा मृत फेला परेका युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गत बैशाख २६ गते दिउसो २:३० बजेको समयमा फेवातालमा पौडी खेल्दै गर्दा बे-पत्ता भएका उनको करिव २ घण्टापछि श-व फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ ।

गहुँगोरो वर्णको आर्यन अनुहार भएको, ठिक्कको शरिर भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको अन्दाजी २२/२५ वर्षको जस्तो देखिने युवकको शव फेला परेकोले कोही आफन्त वा चिनजानको व्याक्ति भए जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न कास्की प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले मृतकको सनाखतको लागी आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ। मृत-कको श-व पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब् घरमा राखिएको छ ।

तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७