चलचित्र क्याप्टेन बाट नेपाली रजतपटमा आएकी नायिका उपासना सिंह ठकुरीले पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाइन् । चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसीसँग बाधिएको थियो । उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए ।
चलचित्रको बजारमा जम्न सहज छैन । यसमाथि, थोरै चलचित्रमा काम गरेर जम्ने अवसर सबैका लागि हुँदैन । नायिका उपासना सिंह ठकुरीलाई दोश्रो चलचित्रमा काम गर्दा नै दर्शक र चलचित्रकर्मीले खुबै खोजे ।
गतवर्ष चलचित्र ‘क्याप्टेन’बाट यो क्षेत्रमा उदाएकी नायिका ठकुरीले अभिनय गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा कमालको व्यापार गर्न सफल भयो । करिब १० करोडको हाराहारीमा व्यापार गरेको चलचित्रबाट नायिकाको काम पनि समीक्षक र दर्शकले रुचाए ।
दोश्रो, चलचित्रबाट नै यति सफलता पाएकी यी नायिका भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । किनकी, यो वर्ष हिट भएका पाँच चलचित्रमध्ये एक चलचित्र उनको नाममा छ । चलचित्र हिट हुनु र कलाकारलाई दर्शकले रुचाउनु एउटै कुरा भने होइन । तर, उपासनाको भागमा भने दुबै कुरा परेको छ ।
उनले, आगामी वर्षको भदौ महिनासम्म पढाई सकेर मात्र नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन । तर, उनलाई चलचित्रमा अफर गर्ने निर्माताको संख्या पनि कम छैन । उनि सामाजिक संजालमा पनिक निकै सक्रिय हुन्छिन् । हेराै उनका लकडाउनका सुन्दर तस्बिर –