स्वास्थ्य

यी ४ खानेकुरा खाली पेटमा कहिल्यै नखानुस्

यी ४ खानेकुरा खाली पेटमा कहिल्यै नखानुस्

पोखरा– खानेकुरा खाएर मात्र स्वस्थ बनिने होइन् । खानेकुराका तरिका र समय मिलाउदा मात्र शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल राम्रो हुन्छ भनेर हामि जुन बेला पनि खाइहाल्छाै । तर त्यस्तो गर्नु गलत हो ।

डाक्टर र बिभिन्न अध्ययनका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।

केरा :
मिठो मात्र होइन पौष्टिक आहारले पनि भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ । बिहान खाँदा दिनभरलाइ असहज पनि बनाउछ ।

चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बि-रामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।

अमिला फलफूल :
अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि वि-ष बन्न सक्छ । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।

दही :
पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । तर खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।

चिया वा कफी :
चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ । यसले शरीरलाई रिलाक्स अनुभव गराउँछ तर खाली पेट चिया वा कफी पिउँदा शरीरलाई फाइदा होइन, नोक्सान गराउँछ ।

खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट ए-सिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्‍याउँछ। ग्याष्ट्रिकको समस्या बढाउँछ ।

योपनि पढाैँ – दहीसँग झुक्किएर पनि नखानोस् यी ४ चिज

दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।तर केहि यस्ता चिजहरु छन् जसलाई दहीसंग मिसाएर खादा स्वास्थ्यलाई ख राब बनाइदिन्छ ।

विभिन्न अध्ययनलाई आधार बनाएर बाहरिएका सूचनाका आधारमा हामिले तयार पारेका केही खानेकुराको सूचि यस्तो छ, जो दहीसँग नखाएकै बेस हुन्छ ।

केरा र दही
केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

आँप र दही
दही र आँप एक साथ खाए स्वाथ्यमा स’मस्या आउन सक्छ । दही चिसो र आँप गर्मी भएकाले स’मस्या आउन सक्छ । किनभने यी दुइटाको स्वभाव एकआपसमा एकदमै विपरीत छ ।

मासको दाल र दही
मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हुने बताइन्छ । भुलेर पनि यिनलाई एकसाथ नखान सुझाइएको छ ।

चीज र दही
आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यी दुबैलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७