मुख्य समाचार

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस सं’क्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जना गरि १६ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् । बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष छन् ।

त्यस्तै पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७