मनोरञ्जन

युट्युबाट किन हटाइयो कलेज नेपालको एक भिडियो ?

युट्युबाट किन हटाइयो कलेज नेपालको एक भिडियो ?

कलेज नेपालको एक भिडियो युट्युव च्यानलबाट हटाइएको छ । कलेज नेपालको ‘आज कलको लभ’को नयाँ अंक १२७ मंगलबार कलेज नेपालको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक गरेको १ घण्टा मै झण्डै आधा लाखले हेरेको थिए।

‘हिरोइन काण्ड’ नाम दिएको उक्त भिडियो वर्षा राउतका श्रीमानका द-वावका कारण हटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार भिडियोमा सामाजिक विकृतिका विरुद्ध खबरदारी गरिएको थियो ।

‘कमेन्ट पनि निक्कै सकारात्मक आएको थियो।’ स्रोतले भन्यो, ‘वर्षा राउतका श्रीमानले बारम्बार कल गर्दै भिडियो हटा-उन दबाब दिएपछि भिडियो ह-टाईएको हो । वर्षाको पछिल्लो सिमा सम्बन्धि विवा-दित तर्क दिएपछिको सेरोफेरोमा भिडियो निर्माण भएको थियो । व्यङ्गतात्मक शैलीमा तयार गरिएको भिडियोको अन्त्यमा वर्षाप्रति सकारात्मक सन्देश जाने गरि बनाइएपनि निरन्तरको दबा-बका कारण भिडियो हटेको हो।’

भिडियो हटाएको विषयमा कलेज नेपालकै एक कलाकारलाई जान्न खोज्दा यो कलाकारको स्वतन्त्रतामाथि अन्याय भएको बताए । सन्तुलित हिसाबले बनाएको भिडियोलाई नै अकुंश लगाउने वर्षा र वर्षाको श्रीमान संजोगले व्यङ्गय गर्ने कलाकारको सिर्जनालाई नै अंकुश लगाएको बताए ।

कलेज नेपालले बिगत केहि बर्ष देखि नियमीत रुपमा वेव सिरिज निर्माण गर्दै आएको छ। कलेज नेपाल द्वारा निर्माण गरिने हरेक वेब सिरिजका लेखक,निर्देशक तथा सम्पादक जिबेश गुरुङ हुन् । डिसी नेपालमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७