समाचार

बैतडीका संक्रमित डिस्चार्ज, अस्पतालबाट सिधै थुनामा

बैतडीका संक्रमित डिस्चार्ज, अस्पतालबाट सिधै थुनामा

बैतडी — बैतडीका पहिलो कोरोना सं’क्रमित बुधबार निको भएर डिस्चार्ज भएका छन् । शिवनाथ गाउँपालिका २ का २२ वर्षका पुरुषको जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो ।

जिल्ला अस्पतालका प्रमुख वसन्तराज जोशीका अनुसार उनी भर्ना भएको १३ दिनमा निको भएका हुन् । २४ घण्टाको फरकमा उनका दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको जोशीले बताए ।

भारतबाट र्फर्केका उनी ज्यान मु’द्दामा जिल्ला प्रहरी कार्यालय बैतडीको हि’रासतमा थिए । त्यहीबेला पीसीआर परीक्षण गर्दा उनमा को’रोना पुष्टि भएको थियो । अस्पतालले डिस्चार्ज गरेसँगै उनलाई थु’नामा पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख किसन चन्दले बताए । जिल्ला अदालतले थुनामा पठाएकै दिन उनलाई कोरो’ना देखिएको थियो ।

गत वैशाख १३ गते १९ वर्षीया किशोरीको ह/त्या आरो/पमा उनी वैशाख १५ गते प/क्राउ परेका थिए । विहे गर्छु भनेर लगेकी किशोरी खोलामा मृ/त अवस्थामा भेटिएकी थिइन् । चैतको ६ गते उनी भारतको दिल्लीबाट फर्किएका थिए । यो खबर तृप्ति शाहीले अन्नपुर्ण पोष्टमा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७