अन्तर्राष्ट्रिय

मान्छेको क्रुरताका कारण नदीमा सुँड डुबाएर मरी गर्भिणी हात्ती

मान्छेको क्रुरताका कारण नदीमा सुँड डुबाएर मरी गर्भिणी हात्ती

गत बुधबार भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरी। हात्ती कुनै रोग वा दुर्घटनामा परेर मरेकी होइन। मानव-जनावर द्वन्द्वमा मानिसले देखाएको क्रुरताको पराकाष्ठाले उसको ज्यान लिएको हो।

स्थानीयले उक्त हात्तीलाई भित्र वि-स्फोटक प-दार्थ हालेर भुइँकटहर खुवाएका थिए। केही भुइँकटहर हात्तीको मुखमै पड्किएका थिए, केही भित्र गए। वन अधिकारीहरूले उक्त हात्तीबारे जानकारी सामाजिक सञ्जालमा राखेपछि उसमाथि क्रु-रता बाहिर आएको हो।

अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बिस्फो-टक प-दार्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूको भनाइ छ।

भुइँकटहरभित्र निकै शक्तिशाली बिस्फोट-क प-दार्थ रहेछ। त्यसले उसको जीब्रो र बंगरामा घा-उ बनाएको छ। भुइँकटहर पड्कि-न थालेपछि पी-डा सहन नसकेर हात्ती गाउँभरि डुली

त्यहाँका स्थानीयले भालुबाट आफ्नो बाली जोगाउन यसरी भुइँकटहरमा बि-स्फोटक प-दार्थ राख्ने पहिलादेखि नै गर्दै आएका छन्।

‘उसले सबैलाई विश्वास गरी। जतिबेला उसले खाएका भुइँकटहरहरू प-ड्किन थाले सायद ऊ आफ्नाबारे होइन १८-२० महिनामा आफूले जन्म दिन लागेको बच्चाकाबारे सोचेर दुखित भई होली,’ वन अधिकारी मोहन क्रिसनले फेसबुकमा लेखेका छन्।

उसको मुखमै पड्कि-एको भुइँकटहरभित्र निकै शक्तिशाली बिस्फोट-क प-दार्थ रहेछ। त्यसले उसको जीब्रो र बंगरामा घा-उ बनाएको छ। भुइँकटहर पड्कि-न थालेपछि पी-डा सहन नसकेर हात्ती गाउँभरि डुली। मुखमै घा-उ भएकाले उसले केही खान पनि सकेकी थिइन।

मास्क लगाएकाले उनको अनुहार देख्न नपाए पनि मैले ती डाक्टरको वि-क्षिप्तता महशुस गरें। हामीले झुकेर उसको चितामा हाम्रो अन्तिम सम्मान दर्शायौं,

‘छटप-टाउँदै गाउँभरि हिँड्दा पनि उसले कसैलाई आ-क्रमण गरिन, कसैको घरमा भ-त्काइन। मलाई लाग्छ ऊ ज्ञानी थिई,’ क्रिसनले हात्तीको तस्बिर राख्दै फेसबुकमा लेखेका छन्।

पछि हात्ती भेलियार नदीमा गई र पानीमै उभिई। हात्ती नदीमा सुँड र मुख डुबाएर उभिएको तस्बिरहरूमा देखिन्छ। नदीमा यसरी ऊ तीन दिनसम्म उभिइरही। यसो गर्दा शरीरभित्रको उसको ज-लन अलि कम हुन्थ्यो होला। वन अधिकारीहरूले मुखको घा-उमा आउने झिँगा र अरू किरा ह-टाउन पनि उसले सुँड डुबा-एको हुन सक्ने बताएका छन्।

पछि वन अधिकारीहरूले सुरेन्द्रन र नीलकण्ठ नाम दिइएका दुई घर पालुवा हात्तीलाई ल्याएर उसलाई नदीबाट निकाल्न खोजेका थिए। उनीहरू हात्तीको श-ल्यक्रिया गर्न चाहन्थे।‘सायद उसलाई आफू म-र्छु भन्ने थाहा थियो होला। हामीलाई केही गर्न दिइन,’ क्रिसनले लेखेका छन्।

वन अधिकारीहरूले उद्धारका लागि घन्टौं गरेको प्रयासका बावजुद् मे २७ को दिउँसो ४ बजे उसले प्राण त्यागी। त्यसपछि वन अधिकारीहरूले उसको मृ-त शरीरलाई ट्रकमा राखेर जंगलमा ल्याए। जंगलमै उनीहरूले उसको श-व ज-लाए।

‘उसले पाउन योग्य अन्तिम संस्कार दिनु जरूरी थियो। त्यही भएर हामीले उसलाई लोरीमा राखेर जंगल ल्यायौं। उसले खेले र हुर्केबढेको ठाउँमा चिता बनायौं। उसको पो-ष्टमर्टम गरेका डाक्टरहरूले मलाई भनेअनुसार उसको पेटमा बच्चा थियो। मास्क लगाएकाले उनको अनुहार देख्न नपाए पनि मैले ती डाक्टरको वि-क्षिप्तता महशुस गरें। हामीले झुकेर उसको चितामा हाम्रो अन्तिम सम्मान दर्शायौं,’ एक जना वन अधिकारीले भने।

साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्डलाइफ़ वार्डन सेमुअल पचाऊले हात्तीको मृ-त्युको विषयमा मु-द्दा दर्ता भइसकेको जानकारी दिएका छन्। घटनामा संलग्नहरूको खोजी हुँदैछ। एजेन्सी/सेतोपाटी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७