विशेष सामाग्री

लिभिङ टुगेदरका ‘लफडा’

लिभिङ टुगेदरका ‘लफडा’

लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी महिला र पुरुष सँगै बस्ने सम्बन्धको एउटा प्रकार । शहरीकरण र आधुनिकताले नेपाली शहरिया समाज सम्बन्धको यो शैलीसँग बिस्तारै परिचित हुँदै गएको त छ, तर यसलाई स्वीकार र आत्मसात् भने गर्न सकेको छैन । लिभिङ टुगेदरका लफडा पनि छन् ।

खास गरी, केही वर्ष सँगै बसेपछि पुरुषले महिलालाई धो-का दिने, बिहे गर्न नमान्ने प्रवृत्ति देखिएको छ । यस्तो खाले सम्बन्धमा महिला बढी पीडित हुने गरेका छन् । अनिल यादव र वसन्त खड्काले लिभिङ टुगेदरका जटिलता र समस्या केलाउने कोसिस गरेका छन् ।

केही नलागेपछि जिल्ला अदालत काठमाडौँमा बला/त्कारको मु/द्दा दर्ता गरिदिइन् । अनिताको दाबी बलियो नभएको भन्दै सविन धरौटीमा रिहा

केस १ः गोरखाका सविन कुमार र अनिता खत्री १० वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूको सम्बन्ध यतिसम्म फक्रियो कि उनीहरूले बिहे नगरी सँगै बस्ने निर्णय गरे । काठमाडौँमा आठ वर्ष उनीहरू ‘लिभिङ टुगेदर’मा रहे । त्यसपछि अनिताकै सर–सल्लाहमा सविन कोरिया गए, फर्केपछि बिहे गर्ने प्रण गरेर । सम्बन्ध अघि बढिरह्यो ।

सविनले अनितालाई नियमित रूपमा पैसा र उपहार पठाइरहे । तर, कोरियाबाट फर्केपछि सविनको मन बदलियो । अनितासँग बिहे गर्न तयार भएनन् । उल्टै अनितालाई आफू विदेशमा रहँदा अर्कै पुरुषसँग सम्बन्ध राखेको आ’रोप लगाए । अनितालाई चित्त बुझेन ।

गत असोजमा उनले काठमाडौँ, कालिमाटी प्रहरीमा न्याय माग्दै उजु;री हालिन् । सहमति हुन सकेन । केही नलागेपछि जिल्ला अदालत काठमाडौँमा बला/त्कारको मु/द्दा दर्ता गरिदिइन् । अनिताको दाबी बलियो नभएको भन्दै सविन धरौटीमा रिहा भए । सामान्यतया यस्ता मु/द्दामा आरो/पितलाई जेल पठाउने प्रावधान भए पनि यो घ/टनामा युवतीको पनि ग/ल्ती देखिएपछि अदालतले धरौटीमा छोड्यो ।

राजधानीमा बिहे नगरी एउटै बेडरुम सेयर गरेर बस्ने जोडीहरू बढिरहेका छन् । जसलाई अंग्रेजीमा ‘लिभिङ टुगेदर’ भनिन्छ । नेपाली समाजमा बिहेअघिको सम्बन्धलाई अझै पनि खुलेर स्विकारिएको अवस्था छैन

केस २ः काभ्रेका राजेश तामाङ र सिन्धुपाल्चोककी बिन्दु छ वर्षअघि पढाइको सिलसिलामा राजधानी छिरे । उनीहरू दुवैको भेट कलेजमा भयो । भेट भएको एक वर्षमै उनीहरूको प्रेम सम्बन्ध निकै झांगियो । एक–अर्काविना बाँच्नै नसक्ने भए । दुवै एउटै कोठामा ‘बेडरुम’ सेयर गरेर बस्न थाले । पाँच वर्षसम्म यो सम्बन्ध यसरी नै टिकिरह्यो । त्यसपछि विदेश गएर पैसा कमाउने र फर्केपछि बिहे गर्ने योजनासहित राजेश दुबई गए ।

माथिल्लो घटनामा झैँ यहाँ पनि राजेशले विदेशबाट फर्किपछि बिन्दुसँग बिहे गर्न ठाडै अस्वीकार गरे । गत भदौमा बिन्दु न्याय खोज्दै कालिमाटी प्रहरीको शरणमा पुगिन् । सम’स्य सुल्झिएन । त्यसपछि बिन्दु राजेशका विरुद्ध जब’र्जस्ती कर/णीको मु-द्दा दर्ता गर्न बा-ध्य भइन् । कारण– लिभिङ टुगेदरको विषयमा छुट्टै र बलियो कानुन नहुनु ।

पछिल्लो समय राजधानीमा बिहे नगरी एउटै बेडरुम सेयर गरेर बस्ने जोडीहरू बढिरहेका छन् । जसलाई अंग्रेजीमा ‘लिभिङ टुगेदर’ भनिन्छ । नेपाली समाजमा बिहेअघिको सम्बन्धलाई अझै पनि खुलेर स्विकारिएको अवस्था छैन । यद्यपि, प्रेम र सम्बन्धका मामिलामा पछिल्लो पुस्ता उदार भइरहेको छ । आफूअनुकूल सम्बन्धलाई अघि बढाइरहेको छ ।

विशेष गरी, राजधानीबाहिरबाट आएका युवा–युवती ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहने गरेका छन् । पश्चिमा मुलुकबाट सुरु भएको यो अभ्यासलाई परिवर्तन र स्वतन्त्रतासँग जोडेर हेरिन्छ । तर, व्यवस्थित कानुन नहुँदा नेपालमा यस्ता सम्बन्धमा सम’स्या देखापर्न थालेका छन् । साउनयता मात्र काठमाडौँमा ‘लिभिङ टुगेदर रिलेसनसिप’ असमझदारीमा परिणत भएका ३१ वटा उजुरी प्रहरीमा दर्ता भए ।

‘सबैजसो घट’नामा पुरुषले बिहे गर्न नमानेको भन्दै नाता प्रमाणीकरण गराइदिन अथवा बिहे गराइदिन माग गरिएको छ, ’ महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र, कालीमाटीकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाले भनिन्, ‘पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौतीका रूपमा देखा परिरहेको छ ।

खास गरी, महिलाहरू पी’डित पाइएका छन् । पुरुषहरूले सुरुमा बिहेको प्रलोभन देखाएर लिभिङ टुगेदरमा रहने र पछि बिहे गर्न नमान्दा युवतीहरू न्याय खोज्दै प्रहरीदेखि अदालतसम्म पुग्न बाध्य भइरहेका छन् ।’ लिभिङ टुगेदरलाई सम्बोधन गर्न छुट्टै कानुन नभएकाले यस्ता मु’द्दा अनुचित प्रभाव वा प्रलोभनमा पारेर शा-रीरिक सम्ब’न्ध बनाएको महलअन्तर्गत अदालतमा जाने गरेको उनले बताइन् । ‘हामीकहाँ आउने कतिपय उजुरी सहमतिमै टुंगिन्छन् भने अधिकांश उ’जुरीमा सहमति जुट्न सक्दैन,’ प्रहरी निरीक्षक वाइबा भन्छिन्, ‘त्यसपछि महिलाहरूले जबर्ज’स्ती कर’णीको आ’रोपमा अदालतमा मु’द्दा दर्ता गर्छन् ।’

तर, त्यो त नाटक रहेछ । आखिरीमा अर्कै केटीलाई लिएर इन्डिया भाग्यो । म त हेरेको हे¥यै । मलाई त थाङ्नामा सुतायो त्यो धो’केबाजले ।’

धो’केबाज पार्टनर

गोरखाकी २८ वर्षीया सावित्री मगर र सिन्धुपाल्चोकका २६ वर्षीया रविन खत्री छ वर्षदेखि ‘लिभिङ टुगेदर’मा थिए । सावित्री रविनलाई असाध्यै प्रेम गर्थिन् । दुई वर्षअघि सावित्री ग’र्भवती भइन् । दुवैजनाले आपसी सहमतिमा ग’र्भपतन गराए । अहिले सावित्री पुनः ग’र्भवती भएकी छिन् ।

र, रविनले धो’का दिँदा उनको जीवनमा व’ज्रपात भएको छ । बिहेका लागि परिवारलाई मनाउँछु भन्दै गाउँ गएका रविनले अर्कै युवतीसँग बिहे गरेछन् । तैपनि, आठ महिनाकी ग’र्भवती सावित्रीलाई काठमाडौँ फर्किएपछि उनले सिन्दुरपोते त गरेछन्, तर श्रीमतीलाई झैँ व्यवहार भने गरेनन् । त्यसैले सावित्री अहिले न्याय खोज्दै नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र, ललितपुर पुगेकी छिन् । उनले फागुन १५ मा उ’जुरी दर्ता गरेकी थिइन् ।

यता, हेटौँडाकी कुसुम मगर म’र्नु न बाँच्नुको अवस्थामा छिन् । बिहेअघि सँगै बस्दा एकअर्काबारे जान्न र बुझ्न सजिलो हुन्छ भन्ठान्थिन् उनी । ब्वाइफ्रेन्डका कारण उनको लगाव पढाइमा भन्दा प्रेममा ज्यादा भइदियो । ‘मैले उसलाई मेरो जिन्दगी ठानेकी थिएँ,’ उनले सुनाइन्, ‘तीन वर्ष सँगै बस्यौँ । चाँडै बिहे गर्छु भन्थ्यो । खूब माया गरेजस्तो गथ्र्यो । तर, त्यो त नाटक रहेछ । आखिरीमा अर्कै केटीलाई लिएर इन्डिया भाग्यो । म त हेरेको हे¥यै । मलाई त थाङ्नामा सुतायो त्यो धो’केबाजले ।’ उनी अहिले राजधानीमा एक्लो जीवन बिताइरहेकी छिन् ।

लेनदेनमै सुल्झिन्छन् केस
सम्बन्धमा खटपट आएपछि र पार्टनरले धो’का दिएपछि थुप्रै महिलाहरू प्रहरीमा उजुरी लिएर पुग्छन् । तर, अधिकांश केस लेनदेनमै सुल्झिने गरेको प्रहरी बताउँछ । पाँचथरकी सम्झना लिभिङ टुगेदरमा रहँदै आएका पार्टनरले बिहे गर्न नमानेपछि गत पुस १७ गते हारगुहार माग्दै प्रहरीमा पुगेकी थिइन् ।

प्रहरीले राजकुमारको खोजी ग¥यो । त्यसपछि थाहा भयो– रजनी राजकुमारकी श्रीमती थिइनन्, बरु लामो समयदेखि लिभिङ टुगेदरमा थिए उनीहरू

विदेशमा रहेकी उनकी आमा सम्झनाको बिहेका लागि भनेर स्वदेश फर्किएकी रहेछिन् । बिहेको तयारी लगभग पूरा भइसकेको रहेछ । तर, अचानक पा’र्टनर रमेशले बिहेका लागि अस्वीकार गरिदिएपछि उनले प्रहरीसमक्ष उ’जुरी गरिन् । काठमाडौँ, कीर्तिपुरमा बस्दै आएका उनीहरूबीच प्रहरी कार्यालयमै मिलापत्र भयो । ‘कति पैसामा कुरा मिल्यो, त्यो त भन्न मिल्दैन, तर लेनदेनमै केस टुंगिएको चाहिँ हो,’ उनीहरूको केस हेरेका एक प्रहरी अधिकृतले भने ।

केही साताअघि राजकुमार अचानक बेप’त्ता भए । रजनीलाई आपत् प¥यो । उनले ‘श्रीमान् हराएको’ भन्दै महिला तथा बालबालिका सेवा केन्द्र ललितपुरमा उजुरी हालिन्

काठमाडौँ, सोह्रखुट्टेकी सुनिताले माघ १६ गते शान्ति सुरक्षाको माग गर्दै महिला तथा बालबालिका सेवा केन्द्रमा उ’जुरी दर्ता गराइन् । सुनिता र बुढानीलकण्ठका प्रविन लिभिङ टुगेदरमा रहँदै आएका थिए । दुवैका बीचमा बिहेको समहति पनि भयो । तर, परिवारले मानेन । सुनिता प्रविनसँग छुट्टिएर बस्न चाहिन् । तर, प्रविनले उनका अभिभावक र उनलाई बिहे गर्न निरन्तर दबाब र ध’म्की दिन थाले । त्यसपछि सुनिता सुरक्षाको माग गर्दै महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी पुगेकी थिइन् ।

कतिपय घट’नामा पुरुषले आत्मनिर्भर महिलासँग लिभिङ टुगेदरमा रहेर आर्थिक लाभ लिने र पछि धोका दिने गरेको समेत पाइएको छ । प्रहरी निरीक्षक वाइबा लिभिङ टुगेदरका कारण उत्पन्न स’मस्या समाधानका लागि जतिसक्दो छिटो ऐन–नियम बनाउनुपर्नेमा जोड दिन्छिन् । ‘अहिले जोडीहरूमात्र समस्या लिएर आउने गरेका छन्,’ उनले भनिन्, ‘सन्तान जन्मेपछि यस्ता उजुरी आए त्यसलाई कसरी सम्बोधन गर्ने ?’

पार्टनर हराएपछि

भक्तपुरका ४५ वर्षीय राजकुमार र बाग्लुङकी २७ वर्षीया रजनी पौडेल सात वर्षदेखि लिभिङ टुगेदरमा थिए । राजकुमारको परिवार थियो । तर, उनी रजनीलाई आफू एक्लो रहेको बताउँदै उनीसँग बस्दै आइरहेका थिए । उनले रजनीको सम्पूर्ण विश्वास जितेका थिए ।

केही साताअघि राजकुमार अचानक बेप’त्ता भए । रजनीलाई आपत् प¥यो । उनले ‘श्रीमान् ह-राएको’ भन्दै महिला तथा बालबालिका सेवा केन्द्र ललितपुरमा उ-जुरी हालिन् । प्रहरीले राजकुमारको खोजी ग¥यो । त्यसपछि थाहा भयो– रजनी राजकुमारकी श्रीमती थिइनन्, बरु लामो समयदेखि लिभिङ टुगेदरमा थिए उनीहरू । राजकुमारले बिहे गर्न नमानेपछि अहिले उनीहरूको मु’द्दा भक्तपुर जिल्ला अदालतमा चलिरहेको प्रहरीले जनाएको छ ।

एउटा नसुल्झिँदै अर्को उजु’री
बुटवलकी ४० वर्षीया राधिकाको केस हो यो । दशैँको समयमा उनले पाल्पाका एक पुरुषविरुद्ध ललितपुर प्रहरीमा उ’जुरी गरिन् । चार वर्ष लिभिङ टुगेदरमा रहेर बिहे गर्न नमानेको उनको ‘आ’रोप थियो । उनीहरू चार वर्षदेखि लगनखेलमा पसल गरेर बस्दै आइरहेका रहेछन् ।

सहमतिमै पसल बिक्री गरेछन् । पसल बेचेको पैसा लिएर पुरुष फरा’र भएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले घटनासँग सम्बिन्धत पुरुषलाई खोजिरहेको थियो । त्यसको केही समयपछि तिनै महिलाले ‘लिभिङ टुगेदर’मा रहेर बिहे गर्न अस्वीकार गरेको भन्दै अर्को पुरुषविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरी नै आश्चर्यमा प¥यो ।

‘एउटै महिलाले दुईजना पुरुषविरुद्ध एकै खालको उजुरी दर्ता गरेपछि हामी नै आश्चर्यमा प¥यौँ,’ ललितपुर प्रहरीकी महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले भनिन्, ‘त्यसपछि हामी अघिल्लो केसलाई छाडेर पछिल्लो केसतिर केन्द्रित भयौँ । अदालत जान आग्रह ग¥यौँ । पछि उनीहरूले ‘हामी मिलिसक्यौँ’ भनेर फोन गरे ।’

कानुन आवश्यक
‘लिभिङ टुगेदर’लाई नेपालमा अझै पनि वैधानिक मानिँदैन । कतिपयका तर्कमा यसले नेपाली समाज भाँड्ने काम गरिरहेको छ । तर, ‘लिभिङ टुगेदर’लाई सकारात्मक रूपमा लिनुपर्ने समाजशास्त्री सुरज भट्टराईको तर्क छ । ‘सामाजिक सोचमा परिवर्तन गरेर यसलाई सहजीकरण गर्न सकिन्छ,’ उनले भने ।

यता समाजशास्त्री सुरेश ढकाल ‘लिभिङ टुगेदर’लाई शहरीकरण वा आधुनिकताको प्रभाव मान्छन् । भन्छन्, ‘पश्चिमाहरूलाई पछ्याउने शहरको शैली भइदियो । सकी–नसकी वा जानी–नजानी भए पनि शहरिया समाजले यो सम्बन्धलाई अपनाएको छ । यसमा कानुनी पक्ष दोस्रो नम्बरमा आउँछ । यसलाई व्यवस्थित गर्न कानुनले पनि बाँध्नुपर्छ । यसका राम्रा–नराम्रा दुवै पक्ष छन् । झट्ट हेर्दा राम्राभन्दा नराम्रा पक्ष धेरै देखिन्छन् । ’

लिभिङ टुगेदरलाई सम्बोधन गर्ने छुट्टै कानुन नहुँदा समस्या लिएर आउनेहरूलाई न्याय दिन निकै कठिन भइरहेको बताउँछिन्, ललितपुर प्रहरीकी प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ । ‘अघिल्लो वर्षभन्दा यो वर्ष योसम्बन्धी स-मस्या लिएर आउने बढी थिए,’ उनले भनिन्, ‘तर, के गर्ने ? यसलाई सम्बोधन गर्ने कुनै कानुन छैन । त्यसैले पीडितलाई अदालत पठाउनुको विकल्प छैन ।’

(फिचरमा उल्लिखित केससँग सम्बन्धित नामहरू गोपनीयताका कारण परिवर्तन गरिएका छन् ।)

पहिले लिभिङ टुगेदरलाई निकै ग-लत ढंगले हेरिन्थ्यो । तर, अहिले शहरी क्षेत्रमा यसलाई सामान्य रूपमा लिन थालिएको छ ।

‘लिभिङ टुगेदर गलत होइन’
सुरज भट्टराई
समाजशास्त्री

लिभिङ टुगेदर नेपालको आफ्नै संस्कृति होइन । बढ्दो शहरीकरण, पुँजीवादको विकास तथा नयाँ पुस्ताको रोजाइका कारण नेपालमा पनि यो संस्कृति बिस्तारै विकास हुन थालेको छ ।

नेपाली समाजले यसलाई सहजै स्वीकार गर्न नसके पनि यो आफैँमा गल-त संस्कार भने होइन । शहरीकरणसँगै भागदौडपूर्ण जीवनमा एकअर्काको साथ, भावनाको साटासाट तथा त-नाव कम गर्नका लागि समेत यसले सहयोग पु¥याइरहेको छ । तर, यसलाई हेर्ने दृष्टिकोण तथा समाजको बुझाइका कारण कतिपय अवस्थामा यो चुनौतीका रूपमा पनि देखिने गरेको छ ।

नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरू लिभिङ टुगेदरलाई सामान्य रूपमा लिने गर्छन् । खर्च व्यवस्थापन गर्न र भावना साट्नका लागि पनि त्यहाँ यसलाई सामान्य रूपमा लिने गरिन्छ । त्यसैको सिको गर्दै नेपालमा पनि यस्तो प्रचलन सुरु भएको छ । विशेष गरी, प्लस टू सकेका वा क्याम्पस पढ्दै गरेका युवायुवतीले पछिल्लो समय लिभिङ टुगेदरलाई नेपालमा पनि अवलम्बन गरेको देखिन्छ ।

नेपालको वर्तमान राज्य व्यवस्था तथा समाजको बनोटका कारण लिभिङ टुगेदरमा मात्र नभएर अन्य अवस्थामा पनि महिलाहरू पीडित हुने गरेका छन् । त्यसैको निरन्तरता यसमा पनि देखिएको हुन सक्छ । तर, पछिल्लो समय महिलाका पक्षमा वकालत गर्ने विभिन्न संघसस्था भएकाले त्यस्तो प्रवृत्ति पनि कम हुँदै जाने आशा गर्न सकिन्छ ।

पहिलेको तुलनामा समाज केही खुला पनि हुँदै गइरहेको छ । पहिले लिभिङ टुगेदरलाई निकै ग-लत ढंगले हेरिन्थ्यो । तर, अहिले शहरी क्षेत्रमा यसलाई सामान्य रूपमा लिन थालिएको छ । यो सकारात्मक पनि हो । सामाजिक सोचमा परिवर्तन गरेर यसलाई सहजीकरण गर्न सकिन्छ ।

यो बिषेस सामाग्री हामीले नागरिक नेटवर्कको शुक्रबारबाट लिएका हाैँ
शुक्रबारमा प्रकाशित सामाग्री यहाँ क्लिक गरेर पढ्न सकिन्छ

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७