मुख्य समाचार

रुकुम घटनामा बेपत्ता अर्का एक युवककाे पनि भेटियाे ‘शव’

रुकुम घटनामा बेपत्ता अर्का एक युवककाे पनि भेटियाे ‘शव’

रुकुम पश्चिमको घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हा-मफालेका भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको श-व मंगलबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा स्थानीयले फेला पारेको हाे । उनी घ-टना भएकै दिन जेठ १० गतेदेखि बेप-त्ता थिए ।

उनीसँगै भेरी नदीमा सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको श-व यसअघि नै भेरी नदीमा फेला परेको थियो ।

घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७