पत्रपत्रिकाबाट

गर्भ परीक्षण गर्दा कोरोना, श्रीमानले दिए दरलो साथ !

गर्भ परीक्षण गर्दा कोरोना, श्रीमानले दिए दरलो साथ !

चितवन : पाँच महिनाको ग-र्भ रहँदा गरिएको परीक्षणबाट कोरो-ना पोजेटिभ देखिएपछि हेटौंडाका नवीन पौडेल दम्पत्ति चकित परे। पोजेटिभ देखिएपछि उनले श्रीमतीलाई एक्लै छाडेनन्।

भरतपुर अस्पतालको आइसोलेसनमा पौडेल दम्पत्ती संगै बसे। स्वास्थ्यकर्मीले अलग्गै बस्न भने पनि उनले जो-खिम मोलेरै श्रीमतीसँगै बसेका हुन्।

आईसोलेसनमा उनले श्रीमतीलाई आत्मबल दह्रो बनाउन लगाए। पहिला श्रीमतीलाई एकछिन पनि छोडेनन्। शुक्रबार र शनिबार कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अन्नतः आइतबार कोरोना मुक्त भए।

पाँच महिनाको गर्भ रहेका कारण श्रीमती आत्तिने डरले उनी पनि सँगै बसेका हुन्। ‘सँगै स्वाब लिए पनि उनको पोजेटिभ आयो मेरो रिपोर्ट आउन ढिलो भयो’, पौडेलले भने, ‘पोजेटिभ नेगेटिभ केही थाहा नभएपछि गर्भवती भएपछि यस्तो बेलामा साथ छोड्न मन लागेन अनि जो-खिम मोलेरै सँगै बसें।’ गर्भवती श्रीमती सँगैका पाँच दिनको बसाई पछि उनीहरू आइतबार खुसी हुँदै घर फर्किएका हुन्।

उनीहरूलाई भरतपुर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विदाइ गरेका थिए। पहिलो सन्तान भएकै कारण खुसी भएका उनीहरू बच्चामा के होला भन्ने डरमा थिए। अस्पतालको प्रसुती विभागका प्रमुख वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलले संक्र-मितको ग-र्भमा रहेको बच्चामा कुनै असर नगर्ने भन्दै परामर्श दिएका थिए। यो खबर अन्नपुर्ण पोष्टमा अनिल ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७