मनोरञ्जन

लकडाउनमा करिश्माको ‘फोटोशुट’ [१० तस्बिर]

लकडाउनमा करिश्माको ‘फोटोशुट’ [१० तस्बिर]

लकडाउनका कारण सबै घरभित्रै सीमित हुँदा समय बिताउन समेत मुस्किल परेको अवस्था छ ।यो अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु पनि सामाजिक सञ्जालमा निकै सक्रिय बनेका छन् ।

सदाबहार नायिका करिश्मा मानन्धर अहिले सामाजिक सञ्जालमा निकै सक्रिय बनेकी छिन् । उनी दैनिक नयाँ नयाँ तस्वीरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै आएकी हुन्छिन् ।

कहिले घरको छतमा मोडलिङ गरेका त कहिले फुलबारीका । उनले तस्वीरसँगै कोरोना भा-इरसको त्रा-समा बसेकाहरुलाई सकारात्मक सन्देश समेत प्रवाह गर्दै आएकी छिन् ।

नायिका करिश्मा मानन्धरलाई आफू भावूक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ । सामाजिक संजालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ । करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले वि-वादित छु । आत्मीय गुण छ त्यसैले फरक छु ।’

करिश्माले सामाजिक संजालमा लेख्ने गरेका कतिपय स्टाटसहरुको आ-लोचना पनि हुने गरेको छ । उनी आफू भावूक भएका कारण मनमा लागेको कुरालाई सामाजिक संजालमा व्यक्त गर्ने गरेको बताउँछिन् ।

उनी भन्छिन्–‘यदि तपाई आफूलाई प्रेम गर्न सक्नुहुन्न भने कुनै पनि कुरालाई प्रेम गर्न सक्नुहुन्न ।’नायिका मानन्धरले लक डाउनपछि सामाजिक संजालमा व्यक्त गरेका कतिपय कुराहरुले प्रशंसा पाएका छन् भने कतिपय कुराहरु विवा-दित बनेका छन् ।

चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय यी नायिका विशेषगरि, राजनीतिमा लागेपछि विवा’दित बन्न थालेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७