समाचार

भैरहवामा २५ जना कोरोना संक्रमित डिस्चार्जः घर फर्किन पाउँदा खुसीले नाचगान

भैरहवामा २५ जना कोरोना संक्रमित डिस्चार्जः घर फर्किन पाउँदा खुसीले नाचगान

भैरहवा — भैरहवाको भीम अस्पतालमा उपचाररत चार वर्षकी बालिकासहित २५ जना कोरोना भाइ’रस संं’क्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् ।

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको बताए । ‘उनीहरु सुरुमा अस्पतालमा आउँदा मरिन्छ कि भन्ने डरले निकै भयभित थिए,’ उनले भने, ‘अहिले सबैजना प्रफुल्ल छन् । खुसीले नाचगान गरेका छन् ।’

उनका अनुसार, उपचारका लागि भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको यो समूह पहिलो हो । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको समाचार कान्तिपुरमा माधव ढुंगानाले लखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७