समाचार

आज कालोदिनः राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा

आज कालोदिनः राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा

तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार ह-त्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । आजभन्दा ठीक १९ वर्ष अघि २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको ह-त्या भएको थियो ।

उक्त ह-त्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो । सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आ-त्मह-त्या गरेको भनिएको छ । तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाह लगायतको ह-त्या भएको थियो ।

दरबार ह-त्याका-ण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भई २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७