समाचार

बलिउडका चर्चित संगीतकर्मी ४२ वर्षिय वाजिदको निधन, कोरोनाको आशंका

बलिउडका चर्चित संगीतकर्मी ४२ वर्षिय वाजिदको निधन, कोरोनाको आशंका

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृ’त्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।

संगीतकर्मी सलिम मर्चेन्टले भारतीय सञ्चारमाध्यम पीटिआईलाई भने, उनको मृगौलामा स’मस्या थियो र केही समय अघि मृगौला प्रत्या’रोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला सं’क्रमण देखिएको थियो । स्थिती बि’ग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । ’

इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृ’त्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा सं’क्रमित थिए ।’

यस्तै, वाजिदका वाल्यकालका साथी रणवीर शौरीले लेखे, ‘मेरो वाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामू घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अँगालोभरीको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो ।’

यस्तै, प्रियंका चोपडाले पनि उनको मृत्युमा ट्वीटरमा टिप्पणी गरेकी छिन्, ‘निकै भयानक समाचार । म सधैं साजिद भाइको एउटा कुरा याद गरिरहनेछु, उनको हाँसो । सधैं हाँसिरहने । निकै छिट्टै बिदा भए । उनको परिवार र शोकमा भएका सबैप्रति मेरो समवेदना ।’

भारतीय सञ्चारमाध्यमका अनुसार वाजिद लामो समयदेखि मृगौलाको समस्यासँग जुधिरहेका थिए । उनको मुम्बईको एक अस्पतालमा उपचा चलिरहेको थियो । अचानक स्वास्थ्य बि’ग्रिएपछि उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो ।

उनको परिवारले बीबीसीलाईभने, ‘वाजिद खान मृगौला रोगबाट पीडित थिए, उनको दुई वर्षअघि मृगौला प्रत्यारोपण भएको थियो ।’‘उनको घाँटीमा पनि सं’क्रमण थियो । उनी चेम्बुरको सुराना अस्पतालमा भर्ना भएका थिए । अहिले उनको कोभिड–१९ को परीक्षणको नतिजा आइपुगेको छैन ।’

वाजिद खानका सबैभन्दा ताजा गीत भाइ–भाइ एक हप्ता अघि रिलिज भएको थियो । यो सलमान खानले गाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७