मुख्य समाचार

रुकुम पश्चिममा दलित युवक ह’त्याको विरोधमा बाबुराम भट्टराई सडकमा

रुकुम पश्चिममा दलित युवक ह’त्याको विरोधमा बाबुराम भट्टराई सडकमा

रुकुम पश्चिममा दलित युवकको ह-त्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी लगायत प्रदर्शन गरेका हुन् । उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी थिए ।

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आ’क्रमणमा परेका थिए । त्यस क्रममा विकसहित ५ जनाको मृ’त्यु भएको छ भने एक जना बे’पत्ता छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७