मुख्य समाचार

नेपालमा दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि

नेपालमा दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि

सांकेतिक तस्बिर
बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको सं’क्रमणकै कारण मृ’त्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा करोना सं’क्रमणका कारण मृ’त्यु हुनेको संख्या ८ पुगेको छ ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बा’न्ता हुने सम’स्या थियो ।

नेपाल प्रवेश गरेपछि उनीहरूलाई घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औ’षधि गर्दा पनि सञ्चो नभएपछि १५ गते उनलाई जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृ’त्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७