मुख्य समाचार

रुकुम घटनाको सम्पुर्ण नालीबेली: गाउँलेले कु’टिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटनाको सम्पुर्ण नालीबेली: गाउँलेले कु’टिरहे, प्रहरी हेरिरह्यो

२०७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् ।

नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भ-गाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।

खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे ।

५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘ल’फडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए

जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एक/डेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे ।

नवराजसँगै गएका अनि आ-क्रमणपछि भा-गेर ज्या’न जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘ल-फडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए । नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्नेबित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ…लाई कु-टाइ अझै पुगेन ?’ भन्दै गा-लीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गु-हार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् ।

१० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्गनजिक पुगेका मात्रै के थिए, एक्कासि ६०/७० जनाको समूहमा आएका गाउँलेले ढुं’गामुढा ब-र्साए

गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिँडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अप-रिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमला’उन खोजे । उनीहरूको व्यवहारमा शं-का लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।

घा-इते सरोज खड्काका अनुसार उनीहरू नाउलाबाट १० मिनेट हिँडेर करिब २ किलोमिटर तल रहेको मध्यपहाडी लोकमार्गनजिक पुगेका मात्रै के थिए, एक्कासि ६०/७० जनाको समूहमा आएका गाउँलेले ढुंगामुढा ब-र्साए । ‘हामीलाई ढुं-गामुढा, हँ-सिया र चि-र्पटले हान्दै भेरीको किनारसम्म पुर्‍याए,’ उनले भने, ‘त्यसपछि को कतातिर लाग्यो, पत्तै भएन ।’

तम्तयार बसेजस्तो देखिने केटी पक्षकाले कसरी योजना बनाए भन्नेमा अनेक आ’शंका छ । पीडि’त परिवारले घ’टनाको एउटा तथ्य भित्रभित्रै लुकाउने खेल भएको आरो’प लगाएको छ । पी’डित पक्षको दाबीअनुसार ती युवतीको फोन नियन्त्रणमा लिएर दाइले नै म्यासेज गरेर बोलाएका हुन् ।

‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो । दलित मुक्ति संगठनका तर्फबाट स्थलगत अध्ययनमा गएका पूजन विश्वकर्माका अनुसार भीरबाट हा’मफा-लेर भेरीमा पुग्ने अवस्था घट’नास्थलमा देखिँदैन ।

आक्र’मण भएको ठाउँबाट भेरी नदी तलै छ । सोतीका गाउँलेको हूलले भा-ग्दै गरेका उनीहरूलाई मध्यपहाडी लोकमार्गदेखि २ किलोमिटर तल रहेको भेरी नदीको बगरसम्म ल-खेटेका थिए । पुल छेकेर अर्को समूह बसेकाले बाँचेका घाइ-तेले बगरैबगर गएर भेरी तर्ने प्रयास गरेको घट’नास्थल पुगेका अधिकारकर्मीहरू बताउँछन् । गाउँलेको कु-टपिट तथा लखे’ट्याइँमा परेका १९ युवामध्ये एक जना फुत्किएर भा-गे र घर आउन सफल भए ।

स्थलगत प्रतिवेदनअनुसार ‘तम्तयार अवस्थामा रहेका डम्बरबहादुर मल्लसहितको ठूलो डफ्फा १९ जनाको निःशस्त्र टोलीमाथि जाइलाग्यो । दलित मुक्ति संगठनका तर्फबाट स्थलगत अध्ययनमा गएका पूजन विश्वकर्माका अनुसार भीरबाट हा-मफा-लेर भेरीमा पुग्ने अवस्था घट’नास्थलमा देखिँदैन । ‘मान्छे त के, त्यहाँ एउटा गाडी नै फा-ले पनि भेरीमा नपुग्ने खालको ठाउँ छ,’ विश्वकर्माले कान्तिपुरसँग भने, ‘त्यसले घ-टना झनै रह-स्यमय बनेको छ ।’

कु-टपिटबाट घाइ-ते भएका १२ जना भेरी नदीको सानो भंगालो तरेर बीचको बगरमा घेराबन्दीमा परे । तीमध्ये ५ जना भेरीको ठूलो भंगालोमा हा-मफालेर वारिपट्टि आइपुगे । सात जना दुवैतिर भंगालोबीचको बगरमै अड्कि’ए । भेरीमा हाम’फाल्न नआटेका ७ जनालाई सोतीका गाउँलेले बगरमै आएर कु’टपिट गरिरहे । लाठी र दाउराले आफूलाई कु-टेको बताउने ती पीडि’तका अनुसार कु-टाइपछि बे-होस भएका उनी ब्युँझँदा प्रहरी नियन्त्रणमा चौरजहारी अस्पतालमा थिए । आ-क्रमण गर्ने अर्को समूह एक किलोमिटरमाथिको झोलुङ्गे पुल तरेर कालेगाउँपट्टि गएर बसिसकेको रहेछ । भेरी तरेका पाँच जनालाई पनि २०/२५ जनाको समूहले कु’टपिट गर्दै फर्काएर पारिपट्टि घ’टनास्थल लिएर गए ।

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रसाद घर्तीले स्थलगत अध्ययन टोलीलाई बताएअनुसार ‘सोतीगाउँका व्यक्तिहरूले नवराज विश्वकर्मालगायतलाई लखे-टेर, भेरी नदीको दुवैतिरबाट घेरा हालेर कु-टपिट गरी मा’रेर नदीमा फा’लेका हुन् । प्रहरी घ-टनास्थलमा नपुगेको भए बाँकी १२ जनाको पनि ज्या-न जा-न सक्थ्यो ।’

अर्का प्रत्यक्षदर्शी इन्द्रजंग शाहका अनुसार कु-टपिटबाट ज्या-न गुमा-एका छ जना भेरी नदी किनारमा आएकै थिएनन् । गाउँलेको आक्र-मणमा परेका नवराज लगायतहरू कुन ठाउँमा थिए ? कसरी नदीमा परे भन्ने खुलेको छैन । पी-डित पक्षले सोतीका गाउँलेको कु-टाइबाट भेरीमाथिको कान्लोमै नवराजलगायत ६ जनाको ज्या-न गएको र घ-टना साम्य भएपछि उनीहरूको श-व भेरीमा बगाइएको आ-रोप लगाएका छन् । भेरी किनारमा ठूलो समूहले आक्र-मण गर्दा घाइ-तेहरूले नवराजलगायत मृ-तकहरूलाई नदेखेकाले माथि नै गाउँमा मर-णासन्न बनाएर भेरीमा फालि-एको वा मा-रेरै फा-लिएको हुन सक्ने अनुमान गरेका छन् ।

मू-कदर्शक प्रहरी

घट-नास्थल भनिएको कालेगाउँ पारिपट्टिको गैरीदेउला चौरजहारीदेखि भेरी किनारैकिनार माथिपट्टि पर्छ । घट-नास्थलको सबैभन्दा नजिकको प्रहरी घट-नास्थल पुगेको देखिन्छ । चौरजहारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मसिंह विष्टले अनुगमन टोलीलाई बताएअनुसार अघिल्लो रात नै प्रहरी टोली सोतीगाउँमा पुगेको रहेछ । सडकको विवा-द मिलाउन खोलागाउँमा गएको प्रहरी टोलीलाई वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेका रहेछन् ।

लगत्तै प्रहरी सहायक निरीक्षक सन्तोष लामिछानेको कमान्डमा पाँच जनाको टोली घ-टनास्थल पुग्यो । त्यहींबाट प्रहरीले नवराजको साथमा गएका महेश कार्की र डिल्ली विश्वकर्मालाई निय-न्त्रणमा लिएको देखिन्छ । ‘घट-नास्थल पुग्दा वडाध्यक्ष मल्लसहित करिब ५० जना बारीको डिलमा उभिएका रहेछन्,’ प्रहरी निरीक्षक विष्टको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, पश्चिम रुकुम स्रोतले कान्तिपुरसँग भन्यो, ‘ढुंगा र ला-ठीले पि-ट्दै गएको देखेपछि प्रहरीले उनीहरूलाई रोकेझैं गरेको हो ।’

घट-नाको जानकारी पाएपछि प्रहरी चौकी हुलुखोला जाजरकोटबाट पनि दुई जना प्रहरी घ-टनास्थल नजिकको झोलुङ्गे पुलमा पुगे । ‘प्रहरी आए पनि साम्य पार्न केही पहल गरेनन्, सिटी फुकेर हेरिरहे,’ घा-इते सरोज खड्काले भने, ‘सोतीका गाउँलेले प्रहरीकै अगाडि हामीलाई अन्धा-धुन्ध कु-टेका थिए ।’

प्रादेशिक प्रहरी कार्यालय स्रोतका अनुसार चौरजहारी प्रहरीले भी-डलाई निय-न्त्रणमा लिन नसकेको स्विकारेको छ । त्यत्रो घ-टनामा पुलिसले ‘सिट्टी’ सम्म बजाएको थियो, स्थिति साम्य पार्न आफूले सक्ने जति काम नगरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । पीडि-त पक्ष र दलित अधिकारकर्मी लगायतले घट-नास्थलमा पुगेर पनि युवालाई बचाउन वास्ता नगर्ने प्रहरीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । उपचार नपाउँदा घा-इते खड्कालगायतको टाउको, हात, पाखुरा, पिठ्युँ लगायतमा लागेको चो-ट निको भएको छैन ।

घाइ-तेहरूका अनुसार गाउँलेले भेरी नदीमा हा-मफालेका ५ जनालाई पनि नदीमै पुगेर ढुंगा, चि-रपटलगायतले हा-नेका थिए । सोतीका स्थानीयले भेरी नदीको दुई भंगालोबीचको बगरमा रहेका ७ जना र कालेगाउँबाट निय-न्त्रणमा लिएका ५ जना गरी १२ जनालाई लकडाउन उल्लंघन गरी गाउँमा केटीलाई जब-र्जस्ती ल्याउन खोजेको भन्दै चौरजहारीबाट आएको प्रहरी टोलीको जिम्मा लगाएका थिए । घट-नास्थल पुगेको प्रहरी टोलीले नवराजलगायतको खोजी गरेन । उल्टै घा-इते युवालाई नियन्त्रणमा लिएर इप्रका चौरजहारीको हिरा-सतमा राख्यो । तर प्रहरीले उनीहरूको उपचार गरिएको दाबी गरेको छ ।

घ-टनास्थलमा रहेका प्रहरीमाथि केन्द्रीय टोलीले सोधपुछ गरेको छ । सोधपुछका क्रममा प्रहरीले ल-खेटिएका केही युवा भेरीमा हाम्फा-लेको बताएका थिए । तर पी-डित पक्षले भेरी तर्न खोजेकाहरू मात्रै हा-म्फालेको र उनीहरू जोगिएको प्रतिक्रिया दिएका छन् । हा-म्फा-लेकाहरू नै म-रेको हुन सक्ने आशय पुष्टि हुने गरी प्रहरीले विवरण बनाउन थालेको पी-डितको आ-रोप छ ।

त्यत्रो ठूलो झड-प देखेको प्रहरीले माथि गाउँदेखि नै नवराजहरूको समूह लखेटि-एको र कु-टाइ खाएको थाहा पाएन । कसैलाई प-क्राउ नगरी भेरीको भंगालोमा अलि बढी कु-टाइ खाएकाहरूलाई मात्रै लिएर प्रहरीको गाडी चौरजहारीतिर गयो । मा-रपिटको घ-टना मिलेमतोमा गुपचुप राख्न खोजिएको पी-डितको आ-रोप छ । तर प्रहरीले अरू विवरण थाहा नभएको दाबी गर्दै भेरी किनारमा नवराजको श-व भेटिएपछि मात्रै अरूलाई पक्रेको प्रतिक्रिया दिएको छ । अधिकारकर्मीहरूका अनुसार भा-गदौड देखेका गैरीदेउलाका अधिकांश स्थानीय बासिन्दा घ-टनाबारे बोल्न मान्दैनन् ।

स्थलगत प्रतिवेदन के भन्छ ?

घट-नाको केही दिनपछि १० जना दलित अगुवा एवं अधिकारकर्मीहरूको टोली घट-नास्थल पुग्यो । उनीहरूले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार केटीपक्षको समूहले सबैतिरबाट घेरा हालेर सांघा-तिक आक्र-मण भएको हो । आक्र-मणमा संलग्नहरूले नवराजको समूहलाई घरे-लु हति-यारले प्र-हार गरेको र श-व नदीमा फालेको पुष्टि हुने घ-टनास्थल पुगेर फर्किएका द-लित अधिकारकर्मी धर्मलाल रोकायाले कान्तिपुरलाई बताए । ‘घट-नाको स्थलगत अध्ययन गर्ने हो भने भेरीमा हाम्फा-ल्ने अवस्थै हुँदैन, हाम्फा-लेकै भए पनि बुट्यानका कारण मानिस बीचैमा अड्कि-न्छ,’ प्रतिवेदनबारे रोकायाले भने, ‘भा-ग्दा हा-म्फालेर म-रे भन्ने कुरा कुनै हालतमा पनि पुष्टि हुँदैन ।’

घ-टनास्थलदेखि माथि एक किलोमिटरको दूरीमा एउटा पुल छ भने २/३ किलोमिटर तल अर्को पुल छ । मृत-क र बेप-त्ता भएका साथीहरू भेरी नदीमा पौडी खेल्दै आएकाले उनीहरू बगेर म-र्ने अवस्था नभएको उनीहरूका साथी बताउँछन् ।

रोकायालगायत १० जना अधिकारकर्मीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा पनि यस्तै दाबी छ । प्रतिवेदनमा छ, ‘-घरेलु हति-यार हँसि-या, खुकु-री, लाठी लगायतका ढुंगाले एक्कासि आ-क्रमण गर्दै ल-खेट्दै ल-खेट्दै भेरी नदीको बगरमा दुवैतिरबाट घेरा हालेर नवराज विश्वकर्मा र उनका अरू पाँच जना साथीहरूको ह-त्या गरी भेरीमा श-व फालिदिए ।’

छानबिन प्रतिवेदनलाई पुष्टि गर्ने केही स्थलगत तथ्यहरू पनि छन् । घ-टनास्थल आसपास भेरी नदीमा खोंच छैन । जंघार परेको समथरमा करिब ६/७ फिट गहिरो छ । हामफाल्ने खालको ढिस्को वा पहरो छैन । किनारमा गएर पौडी खेलेर तर्ने खालको फराकिलो बहाव छ । घ-टनास्थलदेखि माथि एक किलोमिटरको दूरीमा एउटा पुल छ भने २/३ किलोमिटर तल अर्को पुल छ । मृत-क र बेप-त्ता भएका साथीहरू भेरी नदीमा पौडी खेल्दै आएकाले उनीहरू बगेर म-र्ने अवस्था नभएको उनीहरूका साथी बताउँछन् ।

फोन सम्पर्क भएको अनुमानित समयको आकलन गर्दा घट-नाको एक/दुई घण्टाभित्रै साँझ साढे ६ बजे जाजरकोटतिर भेरी किनारमा उनको श-व भेटियो । त्यो दिन ह-राएका पाँचमध्ये चारको श-व १५ गतेसम्म भेरी किनारामै भेटिएको छ भने एक जनाको अवस्था अ-ज्ञात छ । प्रारम्भिक बयानमै नवराजको साथमा गएका ती साथीहरूले केटीको घरबाट केही वरपट्टि आउनेबित्तिकै ढुंगामुढा भएको बताएका छन् । घ-टनास्थल पुगेको प्रहरीले काठमाडौंबाट गएको टोलीलाई बताएअनुसार नवराजका साथै अरू घा-इतेहरू निःश-स्त्र थिए । यतिसम्म कि, उनीहरूको साथमा पैसा थिएन । प्रहरी निरीक्षक धर्मसिंह विष्टले ‘जाती-य भेदभा-व र जा-तीय छु-वाछूतकै कारण कु-टेर ह-त्या भएको’ भन्दै निष्पक्ष छानबिनको प्रतिबद्धता जनाएका छन् ।

दुवैको प्रेमबारे मल्ल परिवारभित्र र नजिकका नातेदारहरूमाझ पनि कुरा चलिरहेको विभिन्न छानबिनले पुष्टि गर्छ । नवराजका बाबुलाई ती युवतीका ठूलाबाबु इन्द्रबहादुर मल्लले मल्लको सम्धी बन्ने इच्छा छ भनी सोधेका थिए । जाजरकोट खलंगामा व्यापार गरी बस्ने उनैले नवराजकी दिदीलाई घ-टना भएको दिन ‘नवराज घर पुग्यो कि पुगेन ?’ भनेर सोधका थिए । दिदीले किन सोधेको भनी जिज्ञासा राखेपछि जवाफमा इन्द्रबहादुरले ‘नवराजले केटाहरूको हूल लिएर कता हिँडेको थाहा पाएको’ भन्ने जवाफ दिएको पीडि-त परिवारको भनाइ छ । दिदीले साढे ५ बजेतिर नवराजसँग फोन सम्पर्क गरेकी थिइन्, त्यो नै उनीहरूबीचको अन्तिम गफ बन्यो ।

घ-टनाको एक सातापछि कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी वसन्त पन्त, जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा र रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहितको टोली घ-टनाको एक सातापछि शनिबार घ-टनास्थल पुगेको छ । टोलीले घट–नाका मृत-कका परिवारका साथै स्थानीयवासीसँग भेटघाट गरेको छ । गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले पनि शनिबारै घ-टनास्थल पुगी स्थलगत अध्ययन गरेको छ ।

केटाका बाबुले ‘ती युवतीलाई उमेरले पनि सानी भएको र जातका आधारमा पनि ठकुरीकी छोरी हामीसँग मिल्दैन’ भनेर सम्झाउन खोजेका थिए

यसरी सुरु भएको थियो प्रेम

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विश्वकर्मा विभिन्न खेलकुदमा सक्रियतापूर्वक भाग लिन्थे । उनसँग ‘प्रेमसम्बन्ध’ मा रहेकी युवती चौरजहारी नगरपालिका–८ सोतीगाउँकी हुन् । भेरी नदीले छुट्याएको वल्लोपल्टो गाउँका उनीहरूबीचको प्रेमसम्बन्ध तीन वर्ष भएको नवराजकै बाबुआमाले केहीअघि मात्रै थाहा पाए ।

२०७५ साल जाजरकोटको कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पहिलो पटक दुवैबीच भेट भएको थियो । त्यही नै उनीहरूबीच चिनाजान पनि भयो । त्यसपछि उनीहरू नियमित सम्पर्कमा थिए । २०७६ साल पुसमा जाजरकोटको खलंगा मेलामा ती युवती नवराजको घरमा गएर चार दिन बसेकी रहिछन् । केटाका बाबुले ‘ती युवतीलाई उमेरले पनि सानी भएको र जातका आधारमा पनि ठकुरीकी छोरी हामीसँग मिल्दैन’ भनेर सम्झाउन खोजेका थिए ।

जवाफमा केटीले ‘अंकल तपाईं कस्तो कुरा गर्नुहुन्छ ? हामी माओवादी हौं, हामीले जा-तभात मान्दैनौं । हामी दुवैजना साथी हौं । हामीले आठ वर्षपछि बिहे गर्ने हो’ भनेर जवाफ दिएको नवराजका बाबुले स्थलगत अध्ययन टोलीसँगको कुराकानीमा बताएका छन् । केही दिनमा नै ती युवती नवराजको भाइ (सानीआमाका छोरा) को जन्मदिनका अवसरमा घरमा आई तीन दिन बसेर फर्केकी थिइन् ।

‘फोनमा कुरा भएको होइन, म्यासेज हो,’ एक अधिकारकर्मीले कान्तिपुरसँग भने, ‘उनको फोन कब्जामा लिएर दाइले नै केटालाई घरमा बोलाएको, अनि त्यस्तो घट-ना भएको आशं-का

उनीहरूबीच नियमित फोन र एसएमएसदेखि फेसबुक र म्यासेन्जरमा कुराकानी भइरहेको साथीहरूले बताएका छन् । त्यस्तैमा लकडाउन सुरु भएको केही दिनमा गत चैत १७ गते ती युवतीले नवराजलाई आफ्नो घरमा भेटघाटका लागि बोलाएकी थिइन् । त्यही दिन केटीको घरपरिवारले अ-पशब्द प्रयोग गरी कु-टपिट गर्नुका साथै इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएको खुलेको छ । एक रात हि-रासतमा राखेपछि प्रहरीले भोलिपल्ट नवराजका बाबुलाई झिकायो । बाबु शारी-रिक रूपमा अश-क्त भएकाले जान नसकेकामा आमा गएर छोरा बुझेर घर लगिन् ।

घट-नाको दिन जेठ १० गते ती युवतीले नवराजलाई माइती पक्षले अर्कै केटासँग विवाह गराउन लागेको खबर गरिन् । आफूलाई भागेर लैजान भन्दै उनले साथीहरूले लिएर आउन ‘म्यासेज’ गरिन् । त्यसैअनुसार साथीहरू लिएर सोतीगाउँ पुगेका नवराजको श-व केही घण्टामै सेती किनारमा भेटियो । स्थलगत अध्ययनमा गएका एक अधिकारकर्मी त्यो अन्तिम म्यासेज युवतीले नै पठाएकोमा शं-का व्यक्त गर्छन् । ‘फोनमा कुरा भएको होइन, म्यासेज हो,’ एक अधिकारकर्मीले कान्तिपुरसँग भने, ‘उनको फोन क-ब्जामा लिएर दाइले नै केटालाई घरमा बोलाएको, अनि त्यस्तो घट-ना भएको आशं’का छ ।’

भीमबहादुर सिंह, कृष्ण ज्ञवालीले तयार पारेको यो बिषेस रिपोर्ट हामीले कन्तिपुर दैनिकबाट लिएका हाै

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७