मुख्य समाचार

जेठ ३२ गतेसम्म लकडाउन, असार १६ सम्म उडान र सीमा बन्द

जेठ ३२ गतेसम्म लकडाउन, असार १६ सम्म उडान र सीमा बन्द

काठमाडाैँ- सरकारले असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए

उनले भने- ‘अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने । ‘सीमामा थप कडाई गर्ने निर्णयसमेत भएको ।’

जेठ ३२ गतेसम्म लकडाउन

साथै सरकारले लकडाउनको अवधि जेठ ३२ गते आइतबारसम्म लम्बाउने निर्णय गरेको छ । यद्धपी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न को-रोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सरकारले जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७