मुख्य समाचार

लकडाउनको पीडा: मर्स्याङ्दी किनारको ओढारमा एक हप्तादेखि एउटा परिवार

लकडाउनको पीडा: मर्स्याङ्दी किनारको ओढारमा एक हप्तादेखि एउटा परिवार

गोरखा : तनहुँको आँबुखैरेनी गाउँपालिका ३ ऐनापहरास्थित पृथ्वीराजमार्गमुनि खनिएको अण्डरग्राउण्ड नाला, नाला मर्स्याङ्दीमा खस्ने छाँगा नजिकै अलिकति खालि जमिन छ। नालाको पानी मर्स्याङ्दीमा खसाल्न बनाइएको अण्डरग्राउण्ड नजिकैको साँघुरोमा सरिता चेपाङको ६ जनाको परिवार एक सातादेखि बसोबास गरिरहेका छन्। उनीहरुको ओछ्यानको छेउपट्टी ह्वाङ्गै, करिब २० मिटर तल बगर पनि नछोडेर गढ्गढाइरहेको मर्स्याङ्दी।

सिरानीमा आधा बोरा चामल, एक छेउमा चुल्ढुङ्गो। ओछ्याउनका लागि केही थाङ्ना। यही थाङ्नामा सरिताको सामूहिक परिवार रात का’ट्ने गर्छ। उनीहरु आरुघाट गाउँपालिका ८ आरुपोखरीका हुन्। तनहुँको दमौलीमा घर बनाउने काम गरेर परिवार पाल्दैआएका थिए। सञ्चित खर्चले अढाइ महिनासम्म धान्यो। लकडाउनले काम गर्न नपाएपछि उनीहरु आरुपोखरी जान भनी गत ९ गते पैदल हिँडेका थिए।

‘किन यहाँ आएर बस्नु भाको ?’, ‘खैरेनीको पुलबाट प्रहरीले गोरखा छिर्न दिएन। खैरेनी बजारमा कहीँ पनि बास बस्न पाइएन। बास खोज्दैखोज्दै आउँदा यहीँ आइपुगियो।’ पहिलो दिन डुम्रे भन्सारमा बास बसेका थिए। भोलिपल्ट त्यहाँबाट हिँडेर खैरेनीको पुलमा आइपुगे। मर्स्याङ्दी पुलबाट गोरखा छिर्न नपाएपछि ऐनापहरा हुँदै चाइना क्याम्पमा बस्न पुगेका थिए।

३० वर्षीया सरिता, उनकी आमा, ६ बर्ष र १५ वर्षीया दुई बहिनी, सरिताका श्रीमान ३५ वर्षीय चित्रबहादुर, दुई वर्षीय एक छोरा र ८ वर्षीया छोरी र चित्रबहादुरका दाइ गरी ८ जना

‘क्याम्पनेरको मन्दिरको पेटीमा सुत्न लागेका थियौँ। प्रहरीले बस्नै दिएन। दुई वर्षको बच्चा लिएर यो राति कहाँ जाने ? आज एक रात मात्र बस्न दिनुस्। भोलि अन्तै जाउँला भनेर हात जोडेर आर्मीलाई भन्यौँ। त्यो रात त्यहीँ कटायौँ। अनि भोलिपल्ट बिहानै उठेर यहाँ आएर बसेका हौं’, सरिताले भनिन्।

३० वर्षीया सरिता, उनकी आमा, ६ बर्ष र १५ वर्षीया दुई बहिनी, सरिताका श्रीमान ३५ वर्षीय चित्रबहादुर, दुई वर्षीय एक छोरा र ८ वर्षीया छोरी र चित्रबहादुरका दाइ गरी डुम्रेभन्सारबाट आउँदा ८ जना थिए। तर बाटोमा आउँदा आउँदै सरितालाई अर्को बिप-द आइपर्‍यो। चित्रबहादुरका दाइ र सरिताको आमाको बाटोमै माया प्रेम बस्यो र बाटोबाटै भागे।

‘डुम्रेभन्सारमा बास बस्दा एउटै ओछ्यान भएछ। भोलिपल्ट मन्दिरको पेटीमा पनि ओछ्यान एउटै भएछ। नाति नातिनी भइसकेको मान्छे, जे भए पनि हामी छोरी, नाती, नातिनीको इज्जत त राखिदिनु पर्‍यो नि भनेर मैले आमालाई गा’ली गरेँ। बुढाले पनि दाइलाई कराउनु भयो। अनि दुवैजना भागे।’

साख्खै आमा पहिल्यै पोइल गइन्। यो कान्छी आमा हो। कान्छीआमा पनि अहिले पोइल गइन्। अब यी बहिनीहरु लिएर म कुन मुखले माइत जाने ? बहिनीहरु पनि जान मान्दैनन्।

सरिताको माइत इच्छाकामना गाउँपालिकाको कुरिनटारमा पर्छ। त्यहाँबाट एकदिन हिँडेपछि उनीहरु कुरिनटार पुग्न सक्छन्। तर आमाको बिहेका कारण अब कुरिनटार जाने उनीहरुको बाटो छेकियो।

आमा पोइ’ल गएपछि उनलाई दुइटा बहिनीको स्याहार सम्भार गर्ने जिम्मेवारी पनि थपियो। ‘बाउ लँ’गडो छन्। साख्खै आमा पहिल्यै पोइल गइन्। यो कान्छी आमा हो। कान्छीआमा पनि अहिले पोइल गइन्। अब यी बहिनीहरु लिएर म कुन मुखले माइत जाने ? बहिनीहरु पनि जान मान्दैनन्। बरु लकडाउन खुलेपछि जहाँ जे काम पाइन्छ, त्यही काम गर्ने भनेर यतै बसेको हो’, सरिताले भनिन्, ‘बहिनीले होटलमा काम गरेको पैसाले फूली बनाएर लगाएकी थिई।

रोडमा सुत्नु परेको छ, नाक कानको गहना जोगाउनु पर्छ भनेर फुकालेर आमालाई राख्न दिएको थिएँ। त्यो सबै लिएर गइछन्। आफू नी गइन्, बहिनीहरु पनि मलाई घाँडो बनाएर छोडिदिइन्। अब माइत जाम्, सौताने भाइ छ। तैँले मेरो आमालाई कहाँ पठाइस् भन्ला। बाउले खै आमा भन्ला। न माइतको शरणमा जान पाउने भयो, न घर जान पाउने भयो। बरु यतै बसौँ, जुन बेला गाडी चल्छ, त्यही बेला यतै काम खोजेर खाने भनेर यहाँ बसेको।’

कतै पनि जान नपाएपछि ओढारमा सकसको जिन्दगी बिताउनु परेको चित्रबहादुर बताउँछन्। ‘घर जाउँ भने खैरेनी पुलमा पुलिस। ससुराली जाउँ पनि मुग्लिन पुलमा पुलिस। त्यैँमाथि दाइले सासु भगाइदियो। अ’पाङ्ग ससुरालाई के भनेर चित्त बुझाउने ? चौतारा, मन्दिर कतै पनि बस्न पाइएन। यो ओढारमा कतिदिन बसुँ ?’ उनले भने।

उनीहरुको ओछ्यान हेर्दा यस्तो देखिन्छ कि, ओछ्यानबाटै ल’डियो भने त सिधै मर्स्याङ्दीमा। तर बालबालिकालाई कुनामा सुताउने, सरिता र उनका पति छेउमा सुत्छन्

दमौलीबाट निस्कने बेलामा ठेकेदारले दिएको दुईसय रुपैयाँ बाटो खर्च सकिएपछि बेखर्ची भएको उनले बताए। ‘खैरेनीका बाबुराम दाइले तीन किलो चामल, नुनतेल दिए। त्यो पनि सिद्धिन लाग्यो। अर्का साहुले पकाउने भाँडा दिए। त्यही भाँडामा नुन, बेसार हालेर भात पकाउँछौं। अहिलेसम्म त मागेरै चलिरहेको छ।’

‘यस्तो बेलामा किन निस्किएर आएको त ?’ ‘के गर्ने त ? त्यहाँ बसेर काम गर्न पाइएन। भएको खर्च पनि सकियो।’ ‘गाउँमा सम्पर्क भएको छैन ?’ ‘गरेको हो। गाउँमा आयो भने आरुघाट स्कुलमा लगेर थुन्छ रे। बरु यतै काम खोजेर खाने भनेर यहाँ लुकेर बसेको हो। यिनीहरुलाई कुरिनटार पुर्‍याइदिन पाए नि म वनवनै भा’गेर घर पुग्थेँ।’

उनीहरुको ओछ्यान हेर्दा यस्तो देखिन्छ कि, ओछ्यानबाटै ल’डियो भने त सिधै मर्स्याङ्दीमा। तर बालबालिकालाई कुनामा सुताउने, सरिता र उनका पति छेउमा सुत्छन्। तर रातभर निदाउँदैनन् उनीहरु।यतिसम्म कि, ओत लाग्ने गतिलो पाल समेत छैन उनीहरुसँग। यसरी मस्र्यांग्दी नदी किनारको यो ओढारमा एक साता बिताए उनीहरुले। २० गते लकडाउन खुल्यो भने चाहिँ केही काम खोजेर खाने आशामा छ सरिताको परिवार। यो खबर शिव उप्रेतीले अन्नपुर्ण पोष्टमा लखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७