मुख्य समाचार

रुकुम घटनाको पो’स्टमा’र्टम रिपोर्ट: शरीरभरि चोट, पेटमा पानी छैन

रुकुम घटनाको पो’स्टमा’र्टम रिपोर्ट: शरीरभरि चोट, पेटमा पानी छैन

जाजरकोट — रुकुम घटनामा श-व भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पो-स्टमार्टम गरिएको छ । पो-स्टमार्टम रिपोर्टमा कु-टपिटपछि मृ’त्यु भएको देखिएको चिकित्सकले बताएका छन् ।

मृत’क ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चो’ट देखिएको पोस्टमा-र्टममा संलग्न एक चिकित्सकले बताए । ‘मृ’तकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चो’टपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

उनका अनुसार नदीमा डुबे मृ’त्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृ-त्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृत’कको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।

गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले शुक्रबारदेखि काम थालेको छ । सहसचिव जितेन्द्र बस्नेतको टोलीले शुक्रबार मृ’तक सन्दीप विकको शवसमेत अवलोकन गरेको थियो । यसका साथै समितिले परिवारका सदस्यलाई भेटेर सोधपुछसमेत गरेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टोली घटनास्थलतिर गएर थप अनुसन्धान गर्ने बताए । गृह मन्त्रालयले सहसचिव बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समिति गठन गरेको छ ।

पी’डित परिवारले भने घटनालाई तोडमोड गर्ने प्रयास भएको आ’रोप लगाएका छन् । रुकुममा केही स्थानीय र जनप्रतिनिधिले घट’ना तो’डमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको बताएका छन् ।

‘घ’टनामा वडाध्यक्ष डम्बर मल्ल प्रमुख दोषी हुन्, उनकै संलग्नतामा यो सब भएको छ,’ नवराजका बुवा मुनलालले भने, ‘तर, अहिले नेताहरुले अप’राधीलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’ कु’टेर मा’रेपछि भेरीमा फा’लेको थाहा हुँदाहुँदै केटाहरुले आफैं भेरीमा हा’मफाले भन्दै अ’फवाह फैलाएर दोषीलाई बचाउने प्रयास भएको उनले बताएको भीमबहादुर सिंहले कान्तिपुरमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७