मुख्य समाचार

थपिए ५६ जना ‘कोरोना संक्रमित’

थपिए ५६ जना ‘कोरोना संक्रमित’

रौतहटमा एकैदिन थप ५६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना सं’क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । ।

प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा सं’क्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा सं’क्रमितको संख्या १८१ पुगेको छ ।

शुक्रबार भेटिएका सबै सं’क्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको प्रजिअ घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७