अन्तर्वार्ता

पाकिस्तान जहाज दुर्घटना: चमत्कारिक रुपमा बाँचेका यात्रु यसो भन्छन्

पाकिस्तान जहाज दुर्घटना: चमत्कारिक रुपमा बाँचेका यात्रु यसो भन्छन्

कराँची : पाकिस्तानको कराँचीमा शुक्रबार दिउँसो ९९ जना यात्रुसहितको जहाज दुर्घ’टना भयो । जहाँ कम्तिमा ६६ जनाको मृ’त्यु भएको छ । लाहोरबाट कराँचीका लागि उडेको जहाज मानव बसोबास भएकै ठाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घ’टनामा कम्तिमा दुईजना जीवीत नै भएको पाकिस्तानी मिडियाले जनाएका छन् । उनीहरुले मिडियाका लागि प्रतिक्रिया दिँदै ‘भगवान दयालु भएकाले’ आफूहरु बाँच्न सफल भएको बताएका थिए । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । थप यात्रुको खोजी कार्य शुक्रबार साँझ अबेरसम्म भएको थियो ।

जहाजमा ८ जना चालकदलका सदस्य सहित ९१ यात्रु थिए । प्रत्यक्षदर्शीहरुले जहाज असन्तुलित भएपछि दुई वा तीन पटकसम्म अवतरणको प्रयास गरिरहेको बताएका छन् । दुर्घ’टनापछि स्थानीय प्रत्यक्षदर्शीले खिचेको भिडिओ सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । जहाँ धुवाँको मुस्लो उडिरहेको देखिन्छ । दुर्घ’टना कराँची विमानस्थल नजिकै अवतरण गर्नुअघि मानव बस्तीमा भएको थियो ।

प्राविधिक कारणले दुर्घट’ना भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

बाँच्ने यात्रुले के भने ?

शुक्रबारको दुर्घट’नामा कम्तिमा दुई यात्रु बाँचेका छन् । सरकारी उच्च अधिकारीहरुले उनीहरु चमत्कारिक रुपमा बाँच्न सफल भएको प्रतिक्रिया दिएका छन् । घटनापछि सिन्ध प्रदेशका मुख्यमन्त्री मुराद अली शाहले बैंकर जफर महमुदको स्वास्थ्यबारे सोधेका थिए । जो चमत्कारिक रुपमा बाँच्न सफल भएकामध्ये एक हुन् ।

मुख्यमन्त्रीको हवाला दिँदै ती व्यक्ति बाँचेको बताइएको छ । हाल ती यात्रुको सिन्धस्थित अस्पतालमा उपचार भइरहेको छ । उनले मिडियाका लागि प्रतिक्रिया दिएका छन्,’ ‘धेरै धन्यवाद, भगवान दयालु छन् ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal