मुख्य समाचार

लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ युवा ‘पक्राउ’

लिपुलेकमा राष्ट्रिय झण्डा गाड्न हिँडेका आठ युवा ‘पक्राउ’

दार्चुला : दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक पदम विष्टले भने- ‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा को’रोनाको ख’तरा समेत बढने सम्भावना भएकाले नियन्त्रणमा लिनुपरेको हो ।

साथै उनीहरुलाई प’क्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले बताएको खबर अन्नपुर्ण पोष्टमा सुन्दरसिंह धामीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal