मुख्य समाचार

दुई छोरा मिलेर बाबुको ह’त्या, बुहारीबाट खुल्यो रहस्य

दुई छोरा मिलेर बाबुको ह’त्या, बुहारीबाट खुल्यो रहस्य

दुई छोरा मिलेर बाबुको ह/त्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हि’र्काएर ह/त्या गरेको प्रहरीले जानकारी दिएको छ ।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदि’रा खाएर घर पुगेका छोराहरुले हि’र्काएर सीतारामको ह/त्या गरेका हुन् ।

बुधबार सीतारामकी माइली बुहारी जैनव खातुन श्रीमान नागेन्द्रलाई लिएर ससुरा हराएको भन्दै खोजी गरिदिन इलाका प्रहरी कार्यालय रानी पुगिन् । उनले आफ्ना श्रीमानले बुबालाई मा’रिदिएँ भनेको र घरमा खाटमुनि खाल्डो खनेको जस्तो देखेको प्रहरीलाई बताएकी थिइन् ।

त्यसपछि सीतारामको घर पुगेको प्रहरीले खाल्डो उत्खनन गर्दा श’व फे’ला पारेको थियो । श’व भेटिएको २४ घण्टा नबित्दै सीतारामका दुबै छोरालाई प’क्राउ गरेको एसपी अधिकारीले जानकारी दिए ।दुबै जनाले पैसाको विषयमा वि’वाद हुँदा मदि’राको न’शामा ह/त्या गरेको स्वीकार गरेका प्रहरीले बताएको छ ।

घरमा सीतारामले छोराहरुसँग पैसा मागेपछि वि’वाद सुरु भएको थियो । वि’वादका क्रममा सीतारामले जेठो छोरा रोहितलाई खाटबाट ल’डाइदिएका थिए ।

खाटबाट ल’डाएको रिसमा रोहितले टाउकोमा कोदालो प्रहा’र गरेको प्रहरीले बताएको छ । रोहित पछि नागेन्द्रले पनि कोदालो प्रहा’र गरेका कारण उनको घटनास्थलमै मृ/त्यु भएको प्रहरीको दाबी छ ।

राति करिब ८ बजे ह/त्या पछि जेठा छोरा घरको बरण्डामा सुते भने माइला छोरा आफ्नो डेरामा गएका थिए । आइतबार बिहान पुन दाजुभाई भेला भएर श-व गाडेका थिए ।

श-व गाडेपछि दाजुभाइले फेरि सँगै बसेर मदि-रा खाएको अधिकारीले बताए । ‘योजनावद्ध रुपमा भएको ह/त्या होइन’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मदि-राको न-सामा आवेगमा ह/त्या भएको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal