राजनीति

भारतीय टेलिभिजनबाटै नेता रिजालको भने- कोसँग सम्बन्ध राख्ने हामीलाई नसिकाउनू

भारतीय टेलिभिजनबाटै नेता रिजालको भने- कोसँग सम्बन्ध राख्ने हामीलाई नसिकाउनू

संघीय सांसद तथा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भारतीय च्यानलमा सरकारसँग विभिन्न विमति भए पनि सिमानाको विषयमा हाल सरकारले लिएको अडानको पक्षमा आफूहरु पनि उभिएको बताएका छन् ।

नेता रिजालले भारतीय च्यानल ‘रिपब्लिक टेलिभिजन’मा ‘दि डिबेट’ कार्यक्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । भारतमा संस्थापन पक्षधरको रुपमा चिनिएका पत्रकार अर्नव गोस्वामीसँगको अन्तर्वार्तामा रिजालसँगै नेपाली दुई पत्रकार प्रकास रिमाल र सुवास घिमिरे पनि थिए ।

पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’

अन्तर्वार्तामा नेता रिजालले पत्रकार गोस्वामीसँग कडा सवालजवाफ गरेको विषयले सामाजिक सञ्जालमा पनि महत्व पाएको छ । अर्नवले अन्तर्वार्तामा ह्यासट्यागको रुपमा ‘चीनले नेपाललाई प्रयोग गर्छ‘ भन्ने वाक्यलाई बहसको विषय बनाएका थिए ।

बहसमा चीन र नेपालको सम्बन्धलाई लिएर जसरी भारतीय पत्रकारले आरोप लगाए रिजालले त्यसलाई खारेज गरे । रिजालले नेपाल भारतसँग जस्तै चीनसँग पनि मित्रता राख्न चाहने बताएका थिए । साथै पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘कोसँग मित्रता राख्ने र कोसँग नराख्ने भन्ने हामी निर्णय गर्छौँ, तपाईँले आफ्नो कुरा हामीलाई भन्न नलगाउनूस् ।’

भारतीय पत्रकार र वक्ताहरु भने बहसको क्रममा सीमा वि-वादको मु-द्दा भन्दा पनि चीनसँग नेपालको सम्बन्धलाई लिएर दोषारोपणमा उत्रिएका थिए । उनीहरुले चीन कसैको मित्र हुन नसक्ने र अहिले नेपाललाई प्रयोग गरिरहेको आरोप लगाएका थिए ।

जब कि, नेता रिजालले सीमाको विषयलाई ‘डाइभर्ट‘ गर्न खोजिएको भन्दै नेपाल सरकारले नक्सा सार्वजनिक गरेको निर्णयलाई खुलेर प्रशंसा गरे । पत्रकार अर्नव, भारतीय नेता तथा वुद्धिजीवीले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारत नै लामो समयदेखि वार्ताको लागि तयार नरहेकोमा प्रतिप्रश्न गरेका थिए । रिजालले भारतीय मिडियाको एकपक्षीय आ-रोपबाट आफुहरु निराश भएको पनि प्रतिक्रिया दिएका थिए ।

र यस्तो तरिकाबाट सम-स्या समाधान नहुने बरु संवादका लागि तयार रहनुपर्ने सुझाव पनि दिए । भारतीय टेलिभिजन प्रस्तोता अर्नव पछिल्लो समय त्यहाँ सत्तारुढ दल भारतीय जनता पार्टी निकट तथा हिन्दुत्वको नाराको पक्षमा वकालत गर्ने पत्रकारको रुपमा चिनिन्छन् ।

कतिपय अन्तर्वार्तामा उनले जातीय तथा धार्मिक हिं-सा निम्त्याउने दोषारोपण समेत गर्ने गरेका छन् । यही विषयलाई लिएर उनी कतिपय सार्वजनिक स्थलमा अप-मानित समेत हुनु परेको छ ।

यता रिजालको प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भएको छ । उनले राष्ट्रियताको सवालमा जिम्मेवार विपक्षी दलको नेताको रुपमा देखाएको परिपक्वताको प्रशंसा गरिएको छ ।सामाजिक सञ्जालमा उनले सीमा रक्षा र राष्ट्रियताबारे दिएको अभिव्यक्तिलाई लिएर फेसबुक तथा ट्वीटरमा शेयर गर्न थालेका छन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal