विशेष सामाग्री

काठमाडौँबाटै देखियो दशकौँपछि सगरमाथाको दुर्लभ दृश्य !

काठमाडौँबाटै देखियो दशकौँपछि सगरमाथाको दुर्लभ दृश्य !

काठमाडौँ उपत्याकाको आकाश खुलेको छ । हरेक दिन हजारौँ सवारी साधनले फाल्ने धुवाँ र धुलोले गर्दा हुने वायु प्रदूषण अहिले निकै कम हुँदैछ । पछिल्ला वर्ष जलवायु परिवर्तनको असर मानवजाति र सिंगो पृथ्वीमा परेको भन्दै बहस भइरहँदा लकडाउनले गर्दा अधिकांश सहरको वायुमण्डल स्वच्छ बन्यो ।

यो दुर्लभ तस्बिर दशकौँयताको पहिलो दृश्य नै हो । नेपाली टाइम्सले यसबारे छोटो रिपोर्ट तयार पारेपछि ‘फक्स न्युज’ लगायत विदेशी मिडियाले पनि यसलाई महत्व

काठमाडौँबाट १२४ माइल टाढा पर्ने विश्वकै सर्वोच्च शिखर सगरमाथा यही लकडाउनका बेला देखियो । नेपाली टाइम्सका अनुसार अघिल्लो साता आभुषण गौतमले काठमाडौँबाटै सगरमाथाको तस्बिर खिच्न सफल भएका छन् ।

जुन दृश्य दशकौँदेखि काठमाडौँबासीका लागि असम्भव जस्तै ठानिएको थियो । यो दुर्लभ तस्बिर दशकौँयताको पहिलो दृश्य नै हो । नेपाली टाइम्सले यसबारे छोटो रिपोर्ट तयार पारेपछि ‘फक्स न्युज’ लगायत विदेशी मिडियाले पनि यसलाई महत्व दिएका छन् ।

सगरमाथासँगै काठमाडौँबाट देखिने अन्य केही हिमालका आकर्षक दृश्य पनि नेपाली टाइम्सले सार्वजनिक गरेको छ । तर ती हिमाल लकडाउनअघिसम्म प्रष्ट देखिँदैनथे । नेपाली टाइम्सका अनुसार गौतमले उक्त तस्बिर गत मे १० मा काठमाडौँ उपत्याकाबाट खिचेका थिए ।

उता चिनियाँ मिडियाले सगरमाथालाई लिएर वि’वादास्पद समाचार सम्प्रेषण गरेकै बेला काठमाडौँबाट देखिएको सगरमाथाको दृश्यले सामाजिक सञ्जालमा पनि महत्व पाएको छ ।

नेपाली टाइम्समा प्रकाशित आभुषण गौतमले काठमाडौँबाट खिचेको सगरमाथाको तस्बिर ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal