राजनीति

‘तास खेल्दा र रक्सी’ खाँदाका साथीलाई पास दिएर सीडीओले कोरोना फैलाए (भिडियो)

‘तास खेल्दा र रक्सी’ खाँदाका साथीलाई पास दिएर सीडीओले कोरोना फैलाए (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण बिडारीले कोरोना सं’क्रमण फैलिनुमा प्रमुख जिल्ला अधिकारीहरूको मुख्य दोष रहेको आ’रोप लगाएका छन् । सीडीओले तास खेल्दाको र रक्सी खाँदाको साथी टोले गुण्डाले समेत पास लिएर गाडीको रवाफ देखाएको आरोप लगाएका हुन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेकपामा रामनारायण बिडारीले भने – ‘अहिले त रद्द भयो क्यारे, सीडीओेसा’पले पास दिएछन्, को’रोना फैलिनुमो सीडीओे दोषी छ । तास खेल्दाको साथी, र’क्सी खाँदाको साथी जम्मैलाई पास दिए । टोलका २ चार पैसा भएका गुण्डा समेत पास लिएर गाडिमा हिँड्ने, जनतालाई सास्ती ?’ उनले प्रश्न गरे ।

साथै बिडारीले एकहजार गाडी नियन्त्रणमा लिएर किसानका तरकारी फलफूल सर्लक्क उठाएर बजार ल्याएर बेच्ने प्रबन्धका लागि सरकारसँग आग्रह गरे ।

‘सरकारले हजारवटा गाडी भाडामा लिएर गाउँमा किसानका तरकारी खरिद गर्ने र उनीहरूलाई मल पुर्‍याउने व्यवस्था गरोस्, किसानको सामान शहरमा ल्याएर बेच्ने काम गरोस् । उता दूध पोख्नु पर्ने, चल्ला मार्नुपर्ने, यता शहरमा कोरोना मिसिएको भारतीय चिवविज खानु पर्ने’‘यति गर्दा भारतीय सामान नेपालम आउन रोकिन्छ । हामी आत्मनिर्भर बन्छौं । यति काम गर्न सरकारले सक्दैन ?’ बिडारीले भने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal