मनोरञ्जन

जब बर्थडेकै दिन नवाजुद्धिनलाई पत्नीले पठाइन् ‘डिभोर्स’ म्यासेज

जब बर्थडेकै दिन नवाजुद्धिनलाई पत्नीले पठाइन् ‘डिभोर्स’ म्यासेज

नयाँदिल्ली : बलिउडका प्रभावशाली अभिनेता नवाजुद्धिन सिद्धिकीको आज मंगलबार जन्मदिन । ४६ औँ जन्मदिनको उत्वसका बेला नवाजुद्धिन भने पत्नी आलियाबाट सम्ब’न्धबि’च्छेदको सूचनाको सामना गरिरहेका छन् ।

हालै इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै आलियाले आफूले सम्ब’न्ध बि’च्छेदको सूचना नवाजुद्धिनलाई पठाएको खुलासा गरेकी छन् । मोबाइल म्यासेज र इमेल मार्फत पनि डि’भोर्सको लागि सूचना पठाएको आलियाले बताएकी छन् ।

तर नवाजुद्धिनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनले पत्नी आलियालाई पनि कुनै जवाफ नफर्काएको बताइएको छ । नवाजुद्धिन लकडाउनका बावजद उत्तर प्रदेशसस्थित आफ्नो गाउँ पुगेका छन् । जहाँ उनकी आमा बिरामी छिन् ।

पत्नी आलिया भने उनको साथमा छैनन् । ११ वर्षको वैवाहिक स’म्बन्ध तोड्दै डि’भोर्सको लागि आवेदन दिएको आलियाको भनाइ छ । यसका लागि आलियाले कानुनी उपाय अपनाइसकेकी छन् । उनीहरुका दुई छोरी समेत छन् ।

आलियाले अन्तर्वार्ताको क्रममा आफूहरुबीच एक दशकदेखि नै सम्बन्ध बिग्रि’एको पनि खुलासा गरेकी छन् । तर के कारणले सम्ब’न्ध बि’ग्रिएको भन्ने बारे उनले केही भन्न चाहेकी छैनन् । आलियाले भनेकी छन्, ‘मैले पहिले नै डिभो’र्स गर्नुपर्ने थियो,’

उनले पहिले नै स’म्बन्ध तो’ड्नुपर्ने महसुश गरेको बताएकी हुन् । नवाजुद्धिनकी बहिनीको केही महिनाअघि मात्रै मृ’त्यु भएको थियो । अहिले आमा पनि सि’किस्त छिन् । यस्तो बेला उनी मुम्बइबाट उत्तर प्रदेश पुगेका छन् । जन्मदिनको बेलामा नवाजुद्धिनकी पत्नीबाट आएको यस्तो खबरले भारतमा बिभिन्न टिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७