मनोरञ्जन

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनको सुन्दरता, हेर्नुहोस् १३ तस्बिर

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनको सुन्दरता, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना ह*ट तस्वीरहरु शेयर गर्ने गर्छिन् । उनका सुन्दर तस्बिरमा फ्यानहरूको प्रशंसाको प्रतिक्रियाहरू निकए अाइरहेका हुन्छन् ।

हेराैँ सुन्दर ओसिनका केही तस्वीर :

यो पनि- स्वर्गको टुक्राजस्तो सिक्लेस

कास्की – पोखराबाट झण्डै ३ घण्टाको यात्रापछि सिक्लेस पुगिन्छ । हिँडेर जाने हो भने पूरै दिन लाग्छ । तर, सिक्लेस पुग्न यातायातको सहज सुविधा भएकाले कमै मात्र ट्रेकिङ गर्दै सिक्लेस जान कस्सिन्छन् ।

जतिजति सिक्लेसको नजिकै पुगियो, अन्नपूर्ण क्षेत्रका हिम शृङ्खला उति नजिक हुँदै जान्छन् । २५०० मिटरको उचाइमा रहेको कबुचे ताल पनि यही रूट हुँदै जानुपर्छ । लहरै मिलेका घर र यहाँको प्राकृतिक वातावरणले जोकोहीलाई पनि ‘रिफ्रेस’ बनाइदिन्छ ।

पोखराबाट मोटरसाइकलमा सिक्लेस जाने हो भने २ देखि ३ घण्टामा सिक्लेस पुगिन्छ । झरी परेको बेलामा भने बाटो चिप्लो हुने भएकाले यात्रा गर्दा बढी जो*खिम हुने गर्छ ।

पोखराको काहुँखोलाबाट बस चढेर सहजै सिक्लेस पुग्न सकिने भएकाले पनि सिक्लेसमा पर्यटकहरूको चहलपहल देखिन्छ ।

सिक्लेसमा बसोबासका लागि होमस्टे र गेस्ट हाउसको व्यवस्था छ । गाउँदेखि केही माथि रैसी डाँडाबाट देखिने हिमाली शृङ्खला, यहाँको स्वच्छ वातावरण, सिक्लेसको सुन्दरता, संस्कृति र जनजीवन यहाँको विशेषता हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal