समाचार

वीरगञ्जमा फोटो स्टुडियो भित्र दुई किशोरीसहित ५ जना भेटिएपछि….

वीरगञ्जमा फोटो स्टुडियो भित्र दुई किशोरीसहित ५ जना भेटिएपछि….

सांकेतिक तस्बिर
वीरगञ्जस्थित आदर्श नगरमा रहेको चित्रलेखा फोटो स्टुडियोबाट सं’कास्पद गतिविधिमा संलग्न रहेको आ’शंकामा दुई जना किशोरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फोटो सञ्चालकसहित तीन जना पुरुष र दुई जना किशोरीलाई सोमबार बेलुकी नियन्त्रणमा लिएको पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

शाहीले भने, ‘निषेधाज्ञाको समयमा फोटो स्टुडियोमा दुई जना किशोरी कसरी ? कहाँबाट ? त्यहाँ आइपुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ । अन्य कुरा अनुसन्धान पछि नै खुल्ने छ ।’

निषेधाज्ञाका कारण सबै बजार पसल बन्द रहँदा स्टुडियोमा किशोरीसहित केही मानिस भेटिनु शं’कास्पद भएकाले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७