धर्म/ संस्कृति

को थिए भगवान शिवका मातापिता ?

को थिए भगवान शिवका मातापिता ?

हिन्दु धर्म ग्रन्थमा भगवान शिवलाई महादेव, भोलेनाथ, शंकर, महेशलगायत विभिन्न नामबाट पुकार्ने गरिन्छ । यतिमात्र होइन उनलाई तन्त्र तथा साधनामा भैरवको नामबाट समेत चिनिन्छ ।

शास्त्रमा उल्लेख भएअनुसार, भगवान शिव हिन्दू धर्मका प्रमुख देवताहरु मध्ये एक हुन् । तर के तपाईलाई भगवान शिवका मातापिता को थिए ? यो बिषय धेरैको जिज्ञासा हुनेगर्छ ।

श्रीमद देवी महापुराणका अनुसार भगवान शिवका पिताको विषयलाई लिएर एउटा कथा उल्लेख गरिएको छ । देवी महापुराणका अनुसार एक पटक जब नारदजीले आफ्ना पिता व्रह्मासँग श्रृष्टिको निर्माण कसले गर्यो भन्ने प्रश्न राखेका थिए ।

साथै उनले त्रीदेवलाई कसले जन्मायो भन्ने प्रश्न पनि सोधेका थिए । त्यहि बेला व्रह्माले देवी दुर्गा र शिवस्वरुपको योगबाट त्रिदेवको उत्पत्ति भएको वर्णन सुनाएका थिए । यसको मतलवबाट दुर्गा तथा काल सदाशिवस्वरुप नै त्रिदेवका मातापिता हुन् । एजेन्सी

योपनि- सोमबार भगवान शिवको विशेष दिन,यस कारण बस्नुपर्छ सोमबार व्रत !

हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ ।

भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ ।

सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ।शास्त्रमा उल्लेख भए अनुसार सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्।

लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृ’त्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्ने कुरा जो कोही पनि अनभित्र छैन ।समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षदेखि चलिआएकै परम्पराले अहिले पनि निरन्तरता पाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal