मुख्य समाचार

गुल्मीका कोरोना संक्रमितको अवस्था नाजुक, भेन्टिलेटरमा उपचार हुँदै

गुल्मीका कोरोना संक्रमितको अवस्था नाजुक, भेन्टिलेटरमा उपचार हुँदै

कोरोना भाइरसका सं’क्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी गुल्मीका भएको पाइएको छ । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा का’रोना सं’क्रमण पुष्टि भएको बताएको थियो ।

ज’ण्डिस र नि’मोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र नि’मोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था ग’म्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal