प्रवास

दिवेश पोखरेल अमेरिकन आइडलमा दोस्रो बन्न सफल

दिवेश पोखरेल अमेरिकन आइडलमा दोस्रो बन्न सफल

नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गनले अमेरिकन आइडल सिजन १८ को दोस्रो उपाधि जितेका छन् । फाइनलमा दिवेश पोखरेल १८ औं अमेरिकन आइडलमा देस्रो घोषित गरिए । यो कुनै पनि नेपालीले हलिउडमा जितेको सम्भवतः सबैभन्दा ठूलो रियालिटी शोको उपाधि हो । अमेरिकन आईडलको उपाधि जस्ट साम नामकी युवतीले जितिन् ।

अन्तिम प्रस्तुतिमा पोख्रेलले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाएका थिए । प्रस्तुतिपछि जज केटी पेरीले द बेष्ट भनी प्रतिक्रिया दिएकी थिइन् । उनको दोस्रो गीतको प्रस्तुतिमा नेपालका स्वयम्भूनाथको दृश्य देखाइएको थियो ।

गत हप्ता अमेरिकन आइडलका टप ७ प्रतिस्पर्धीको घोषणा गरिएको थियो । टप ७ मा अघिल्लो साता दिवेश पोखरेल–आर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । यी ७ जनामध्येबाट आजको एपिसोडको सुरुवातमै टप ५ को घोषणा गरिएको थियो । त्यसपछि सुरु भएको फाइनल प्रस्तुतिपछिको भोटका आधारमा दिवेशले दोस्रो उपाधि जितेका हुन् ।

दिवेश पोखरेल सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए । आफ्नी दिदीसँगै अमेरिकाको क्यान्सस राज्यको विचिटा पुगेका दिवेशले संगीतलाई गम्भीरतापूर्वक लिन थालेको दुई वर्ष मात्र भयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal