मुख्य समाचार

कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना भागे

कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना भागे

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।

हालसम्म फेला परेका सं’क्रमित सबै खोरिया गाउँकै हुन् । क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर घर गएपछि स्थानीयमा त्रा’स बढेको छ । पहिल्यै गाउँ नै शिल गर्नुपर्नेमा खोरिया गाउँको क्वारेन्टाइनका व्यक्ति भागेर पुनः घरमा फर्किनु सुरक्षा निकायको च’रम ला’परवाही भएको स्थानीयको आ’रोप छ ।

‘वडा नम्बर ८ को क्वारेन्टाइनमा राखिएका केही व्यक्ति क्वारेन्टाइनबाट भागेको छन्’ यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेशकुमार पाण्डेयले भने दुई दिनसम्म पनि गाउँमा सुरक्षाकर्मी नखटिंदा र गाउँ शील नहुँदा सं’क्रमण बढ्न सक्ने अध्यक्ष पाण्डेयले चिन्ता व्यक्त गरे । क्वारेन्टाइनबाट भागेकालाई सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७